भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

सोलुखुम्बुमा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशीको पुरुष भलिवल प्रतियोगिता हुँदै

46086
  • शिखरपोष्ट रिपोर्टर

volliballकाठमाडौं, ६ फागुन २०७५ । सोलुखुम्बुमा अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कारराशीसहितको नगरपालिका तथा गाँउपालिका खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ । फ्रेण्डसिप यूथ क्लव,सोलुखुम्वुले आफनो आठौ वार्षिकोत्सबको अवसरमा सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यही आउदो फागुन २७ गतेदेखि सल्लेरीमा उक्त प्रतियोगिता सल्लेरीमा सन्चालन हुनेछ ।

सो अवसरमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने फ्रेण्डसिप धमाका साङ्गीतिक साझ २०७५ समेत सन्चालन गरिने क्लवले जनाएको छ । यसैबीच क्लबले कार्यक्रममा सहभागीताको लागि आह्वान गर्दै एक सार्वजनिक सुचना निकालेको छ ।

भलिबल प्रतियोगिताको लागि क्रमश: प्रथम, द्दितीय र तृतीय पुरुस्कारवापत रु. ३ लाख ३३ हजार ३३३, रु. २ लाख २२ हजार २२२ र रु. १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

शिखरपोष्टसितको कुराकानीमा क्लबका कार्यबहाक अध्यक्ष नाम्गेल शेर्पाले यो जिल्लाको भलिबल जगतमा अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशी रहेको दाबी गर्नुभएको छ ।

फ्रेण्डसिप यूथ क्लवले आफ्नो स्थापनाकालदेखि नै विभिन्न प्रतियोगितात्मक तथा मनोरन्जनात्मक कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।kd


Subscribe to Comments RSS Feed in this post

2 Responses

  1. Ahsujdjdd iiejjdjdhe jbzhehwjsj jndhejejsshvw bbsusuushshhshdjssjehyeyeyeyhehsjf hhdheieueuudueudjddogoogkfjjwushhwyeyhegejejueuuuueueujejeeheu!uu#uw?!!ueueuueheueeheheueueuu!u!ueueuueueueueuueeueueueueuuegwt#ttwywwyw,yw,#yydhdgwyy#?eeueuueudeueuduusueueuueueueeueuwwhhueueuueueueeueueuueuueeuejejjsusujejeuueusueeueue

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*