भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

विदेशी लगानीका पाँच किसिमका परियोजनालाई हेजिङ सुविधा प्रदान

46111

ratra bankकाठमाडौं, ८ फागुन । सरकारले विदेशी ऋण लगानीमा सञ्चालन हुने पाँच प्रकारका विकासे परियोजनालाई हेजिङ सुविधा प्रदान गरेको छ। हेजिङसम्बन्धी नियमावली २०७५ मार्फत यस्तो सुविधा प्रदान गरिएको हो।

नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाका अनुसार त्यस्ता पाँच प्रकारका परियोजनाहरुमा जलविद्युत्, प्रसारणलाइन, रेलमार्ग, द्रुतमार्गलगायतका परियोजनामा लगानी गर्नेले हेजिङ सुविधा लिन पाउनेछन्।

खासगरी १ सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलविद्युत् परियोजना, २२० केभीए वा सोभन्दा बढीका ३० किमिभन्दा लामा प्रसारणलाइन, १० किमि लामा रेल, मेट्रो रेल तथा मोनोरेलका रेलमार्ग, ५० किमिभन्दा लामो द्रुतमार्ग र संघीय सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी तोकेका अन्य परियोजनाले मात्र यस्तो सुविधा पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार यस्तो सुविधा लिन चाहने परियोजनाले प्रचलित कानुनमोजिम लगानी गर्ने र विदेशी मुद्रा ल्याउने स्वीकृति लिएको हुनुपर्नेछ। त्यस्तै, यो सुविधा लिनको लागि परियोजनाले हेजिङसम्बन्धी नियमावली २०७५ अनुसार परियोजना निर्माणको अनुमतिपत्र, परियोजनामा हुने लगानीसम्बन्धी सम्झौताको प्रतिलिपि, विदेशी मुद्रा ल्याउने स्वीकृतिपत्रको प्रतिलिपि र मन्त्रिपरिषद्मार्फत निर्णय भई आएका परियोजनाले सम्बन्धित मन्त्रालयबाट पाएको जानकारीपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।

यस्तो सुविधा लिन चाहने परियोजनाको उक्त सबै कागजातबारे प्रक्रिया पूरा भए/नभएकोबारे बैंकले जाँच गर्नेछ, यदि नपुगेको भए १५ दिनको म्याद दिई प्रक्रिया पूरा गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै कागजातका आधारमा सुविधा दिन नसकिए देखिएमा बैंकले सम्बन्धित परियोजनालाई सात दिनभित्र जानकारी दिनुपर्नेछ । तर हेजिंग सुविधा दिन उपयुक्त देखिएमा भने परिवत्र्य विदेशी मुद्रामा ऋण लिने र उक्त विदेशी मुद्रा बैंकले तोकेको समयमा बैंक खातामा जम्मा गर्ने शर्त पालनापछि यस्तो सुविधा उपलब्ध गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै सुविधाअनुसार विदेशी लगानी रकम बैंक खातामा जम्मा भएपछि बैंकले ऐन/नियमअनुसार उक्त रकमलाई जुन विनिमय दरमा नेपालीमा परिवर्तन गरेको हो, सोही बमोजिम स्थिर राख्नेछ। राष्ट्र बैंकका अनुसार त्यसरी स्थिर भएको विनिमय दरमा सम्झौताअनुसार विदेशी ऋणबापतको रकम फिर्ता भुक्तानी पाउने गरी लगानीकर्ताले हेजिंग सुविधा पाउनेछन्।

परियोजनाको प्रकृतिअनुसार यस्तो सुविधा बढीमा १० वर्षसम्म उपलब्ध गरिने नियमावलीमा उल्लेख छ। तर सम्बन्धित बैंकले तोकेको परिवत्र्य विदेशी मुद्रालाई मात्र हेजिंग सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*