प्रचण्डद्वारा खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना   •   पर्यटक संख्यामा उल्लेख्य बृद्धि, सन् २०२० को लक्ष्य भेटिएला ?   •   एनएमबीमा ओम विकास बैंक गाभियो   •   मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा   •   नेकपा जनवर्गीय संगठनको भागबण्डा: कुन संगठनको नेतृत्व कसले पाए ?   •   एभरेष्ट म्याराथनमा १५५ विदेशीसहित दुई सयबढीको सहभागिता हुने

‘विपावर’काे पहिलाे क्षेत्रीय सम्मेलन सुरु

46117

WEPower-काठमाडौं– दक्षिण एसियामा ऊर्जा क्षेत्रमा सक्रिय भइ काम गर्दै आएका महिलाहरुको छाता संगठन ‘विपावर’ काे क्षेत्रीय सम्मेलन राजधानीमा सुरु भएको छ । ऊर्जा क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको पहिलो सम्मेलन बुधबारबाट सुरु भएको हो ।

विश्व बैंकको ऊर्जा तथा सामाजिक विकासमा दक्षिण एसिया हेर्ने युनिट (इएसएमएपी) ले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा नेपाल, भारत, बंगालादेश, भुटान, मास्दिभ्स, श्रीलंका, पाकिस्तान र अफगानिस्तानमा ऊर्जा क्षेत्रमा कार्यरत महिला सहभागी भएका छन् । सम्मेलनमा सहभागीले आ–आफ्नो देशमा ऊर्जा क्षेत्रमा सक्रिय महिलाहरुका बारेमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् । सम्मेलन बिहीबारसम्म चल्ने छ ।

विश्व बैंकका अनुसार ऊर्जा क्षेत्रमा दक्षिण एसियाली महिलाहरुको संख्या न्युन छ । नेपालमा ६.२ प्रतिशत महिला ऊर्जा क्षेत्रमा सक्रिय छन् ।

प्राविधिक काम गर्ने (इन्जिनियर) ३ सय ५१ जना महिला छन् । याे संख्या नेपाल विद्युत प्राधिकरणमा कार्यरत महिला इन्जिनियरकाे हाे । ५ हजार ६ सय ६४ इन्जिनियर रहेकामा अहिले कार्यरत महिलाकाे संख्यालाई विश्व बैंकले न्युन भनेकाे छ । अफगानिस्तानमा २१ प्रतिशत महिला ऊर्जा क्षेत्रमा सक्रिय छन् । अफगानिस्तानमा प्राविधिकरूपमा दक्ष महिला १४ जना छन् ।

कुल ६८ जनामा १४ जना महिलाले काम गरिरहेका छन् । बंगालादेशमा ६ प्रतिशत महिलाले ऊर्जामा काम गरिरहेका छन् । याे क्षेत्रमा कार्यरत २२ हजार कर्मचारीमा महिलाकाे संख्या २ हजार २ सय ७३ छ । यस्तै, पाकिस्तानमा ४.६ प्रतिशत र माल्दिभ्समा ०.१५ प्रतिशत महिलाले ऊर्जा क्षेत्रमा काम गरिरहेकाे विश्व बैंककाे तथ्याङ्कले देखाएकाे छ ।

भारतमा १० वटा कम्पनीमा कार्यरत महिलाकाे संख्या ८ प्रतिशत छ । ५१ हजार कर्मचारी कार्यरत रहेकामा महिलाकाे संख्या ४ हजार १ सय ६ रहेकाे छ । भुटान, माल्दिभ्स र श्रीलंकामा पनि याे क्षेत्रमा काम गर्ने महिलाकाे संख्या पुरुषकाे तुलनामा न्युन देखिएकाे छ । ऊर्जा क्षेत्रसँग सम्बन्धित संस्था तथा कम्पनीका काम गर्ने महिलाकाे संख्या क्रमशः बढिरहे पनि प्रविधिकरूपमा सक्षम महिलाकाे संख्या न्युन रहेकाे विश्व बैंकले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*