नेकपाले टुंग्यायो जिल्ला र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तथा   •   बाढीपहिरो अपडेट: मृत्यु हुने ६० पुगे, २६ बेपत्ता र ३८ घाइते   •   वडा अध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोकियो   •   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समयावधि थप   •   प्रदेश १ को निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार   •   विपदमा उद्धार र राहतसम्बन्धी सरकारले गर्‍यो यस्तो निर्णय

पत्रकार कल्पना महर्जन फेरी सगरमाथा चढ्दै, ललितपुर महानगरपालिकाले ३० लाख सहयोग गर्ने

46138
  • शिखरपोष्ट रिपोर्टर

chiriललितपुर, १३ फागुन  । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का कोषाध्यक्ष पत्रकार तथा पर्वतारोही कल्पना महर्जन फेरी सगरमाथा चढ्ने भएकी छिन् ।  ‘ब्याक टु एभरेष्ट: अ क्याम्पियन अगेनिस्ट चाइल्ड म्यारिज २०१९’ नाम दिइएको उनको सगरमाथा आरोहण अभियानका लागि ललितपुर महानगरपालिकाले ३० लाख रुपैया सहयोग गर्दैछ ।

महानगरपालिका र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा. लि. बीच सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । सो सम्झौतापत्रमा ललितपुर महानगरपालिकाकातर्फबाट मेयर चिरीबाबु महर्जन र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा. लि.का तर्फबाट अध्यक्ष रबिन्द्र महर्जनले हस्ताक्षर गरेका छन् ।

पर्वतारोही महर्जनले यस अघि सन् २०१८ मा दक्षिणी मोहोडाबाट पहिलो पटक सरगमाथा आरोहण गरिसकेकी छन् । यस पटक उत्तरी मोहोडाबाट सरगमाथा आरोहण गर्ने तयारी रहेको छ । यसका लागि ललितपुर महानगरपालिकाले आरोही कल्पना महर्जनलाई ३० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं बर्ष प्रबेश तथा ललितपुर महानगरपालिका स्थापनाको १०० वर्षको अवसरमा महानगरले यो रकम उपलब्ध गराउने भएको छ । आरोही कल्पना महर्जनले ललितपुर महानगरपालिकाको नाम र लोगोअंकित झण्डा र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तश्वीर अंकित व्यानर सगरमाथाको चुचुरोमा फहराएर सोको फोटो महानगरपालिकालाई उपलब्ध गराउनु पर्ने जवानकारी गराइएको छ ।

महागरपालिकाले प्रदान गर्ने रकम मध्ये ८० प्रतिशत सम्झौता भएसंगै उपलब्ध गराउने बताइएको छ । बाँकी २० प्रतिशत कार्यप्रगतिको प्रतिवेदनको आधारमा उपलब्ध गराउने छ । सम्झौतापत्र हस्ताक्षरपछि ललितपुर महानगरपालिकाका मेयर महर्जनले आरोही कल्पना महर्जनलाई सफलताको शुभकामना दिएका छन् । मेयर महर्जनले सगरमाथाको सफल आरोहण गरेर आए पश्चात आरोही महर्जनलाई एक वर्षका लागि महानगरपालिकाको सदभावना दुतको रुपमा विभिन्न कार्यक्रममा सहभागी गराउने बताएका छन् ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा. लि.का तर्फबाट अध्यक्ष रबिन्द्र महर्जन र आरोही कल्पना महर्जनको उपस्थिति रहेको थियो ।k


Subscribe to Comments RSS Feed in this post

One Response

  1. This is to bring to the notice of all concerned and the public in general that Mrs. Kalpana Maharjan who was earlier part of the First Women Journalists Everest Expedition (FWJEE18) team which successfully climbed Mt. Everest on May 23, 2018, was long ago expelled and disassociated from our team.

    The expel was due to her various untenable misconducts related with collecting sponsorship or additional funds in the name of the expedition and using it for personal purposes without the team members’ knowledge, and spreading falsehoods to collect more funds for alleged further new projects and initiatives (with the latest one being climbing Everest from the Tibet’s side) and active character assassination of our team members during and after the Everest expedition.

    Through this notice we also caution and warn all who have been or may be approached by Mrs. Kalpana Maharjan falsely on our behalf and in the name of the expedition, to not provide support of any kind or for any further initiative that she may allege related with our team’s success.

    All concerned are further advised to notify her and initiate requisite legal actions to get back the funds collected by her, as far as and as soon as possible.

    Sincerely yours,
    First Women Journalists Everest Expedition-2018 (FWJEE18) Team,
    Kathmandu,
    Nepal

Leave a Reply to Rosha Basnet Cancel reply

Your email address will not be published. Required fields are marked *

*
*