अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

एक भरिया जो ३० अर्ब बढी व्यापारको साम्राज्यमा उड्दाउड्दै आकाशमा अस्ताए

46170

ang-tshiring-sherpa_20190227120831काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रबिन्द्र अधिकारीसँगै नेपाली उड्यन र पर्यटन क्षेत्रका हस्ती आङ्छिरिङ शेर्पापनि अस्ताए । नेपाली मिडियालाई यती एयरका प्रवन्ध निर्देशक आङ्छिरिङ शेर्पाको फोटो भेट्नै निक्कै मुश्किल पर्यो । त्यसो त धेरै संचारमाध्यमले एसियन टे«किङका अध्यक्ष आङ्छिरिङ शेर्पाको फोटो राखेर समाचार सम्पे्रशन गरे । यसको मुख्य कारण थियो उनको मिडियामा औपचारिक रुपमा कुराकानी नगर्ने बानी ।

शेर्पा र हिमाल प्रयावाची हुन् । आङ्छिरिङ शेर्पा कुनैबेला सोलुपुग्ने पर्यटकको भारी बोक्ने गर्थे । भारी बोकेर हिड्ने आङ्छिरिङले पर्यटन क्षेत्रको लगानीको हिसाबले एक टाइकुन नै थिए । यती एयर,तारा देखि डाइनिष्टी हेलिकीप्टरमा उनको लगानी थियो ।

अन्तराष्ट्रिय उडान गर्ने हिमालयन एयरलाइन्सदेखि लिएर दर्जन बढी होटल रिसोर्टमा उनको लगानी थियो ।

यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती हुनुन्थ्यो । उहाँले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उनले योगदान पुर्याए । सन् १९९८ मा यती एयरलाइन्स स्थापना गरेर हवाई व्यवसायमा प्रवेश गरेको शेर्पाले तिब्बतको तिब्बत एयरलाइन्ससँगको सहकार्यमा अन्तराष्ट्रिय उडान गर्ने हिमालयन एयरलाइन्स खोले ।

एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर ५८ वर्ष अगाडि सोलुखुम्बुको जुगिङमा पाङ्गुमा जन्मेका शेर्पाको शेर्पाका श्रीमती र दुई छोरा छन् ।

आफ्नो समेत लगानी भएको एयर डाइनिष्टीको दुर्घटनामा शेर्पाको दुईभाईको निधन भयो । २०५५ सालमा आङछिरिङका दुईभाईको निधन भएको थियो । २०७५ सालमा आङछिरिङ पनि आफ्नै लगानी रहेको एयर डाइनिष्टी हेलिकप्टर दुर्घटनामा परेर निधन भयो ।

लो प्रोफाइलमा बसेर काम गर्ने शेर्पाको स्वभाव नै संचारमाध्यममा नआउने थियो । सबै राजनीतिक दलका ठूला नेतासँग निकट शेर्पाको प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष सम्बन्ध नै थियो ।

 clickmandu

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*