व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

धुर्मुस-सुन्तली फाउन्डेसनले सुरु गर्‍यो क्रिकेट रंगशाला निर्माणको काम

46205

Gautam-Buddha-International-Stadium-Rampur-Chitwan२० माघ, चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु गरेको छ । धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ । २० विगाहा ८ कठ्ठामा बन्ने रंगशालाको नापजाँच गरी सबै क्षेत्रमा जस्ताको बार लगाइने छ । यसका लागि दिनहुँजसो मिस्त्री र कामदारहरू जुटिरहेका छन् ।

आइतबार मध्यान्न फलामको पोल गाडिरहेको ठाँउमा सिताराम कट्टेल (धुर्मुस) आफैं सिमेन्टको मसला बोक्दै गरेको देखिए । मसला बोक्नेदेखि फलामका रड काट्न समेत उनी सघाइरहेका थिए । निरीक्षणका लागि पुगेका कट्टेल कामदारलाई हौस्याउन यसरी खटिएका थिए । केहीबेर कामदारसँगै मिसिएर उनले परिश्रम पनि गरे ।

उनले निर्माण प्रगतिबारे जानकारी लिए । यस क्रममा केही स्थानीयबाट उनी घेरिए । स्थानीयमा बेग्लै उत्साह छ । तन, मन र धनले सहयोग गर्ने वचन दिएका छन् । त्यसबाट कट्टेल उत्साही छन् । परियोजनाबाट सबैभन्दा बढी लाभ यहीका जनताले उठाउने भन्दै कट्टेलले स्थानीयलाई ढाडस पनि दिए ।

भरतपुर महानगरपालिका-१६ स्थित शान्ति चोकमा रंगशाला निर्माण गर्न लागिएको छ । रंगशाला निर्माणमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ । रंगशालाको साइट अफिस स्थापना गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*