भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

सोलुखुम्बुको उजागर गर्न नसकिएका नयाँ पदमार्गहरु !

46211
  • नविन कार्की

14642402_1310715928963013_2142879249362004451_nपर्यटन क्षेत्र भन्ने बित्तिकै घुमफिर गर्ने गन्तब्यस्थल भन्ने बुझिन्छ । संसारकै सुन्दर प्राकृतिक सौन्दर्यता, मनमोहक दृश्यहरु, खोलानाला, झरना, हरियो वन जंगल, गगन चुम्बी हिमालहरुको दृश्यावलोकन गरी आनन्द लिने तथा बहुमूल्य जडिबुटी पुम्मर, पाँचऔले, चिरैतो, कालो ओखती, यस्ता कैयौं अनगिन्ती चिजहरुले भरिपूर्ण र संसारकै सबैभन्दा अग्लो सगरमाथाको जिल्लाको रुपमा विश्वभर प्रसिद्ध जिल्ला हो सोलुखुम्बु । यो जिल्ला पर्वतीय तथा पदयात्रा पर्यटनका लागि जति महत्वपूर्ण छ त्यत्तिकै मात्रामा धार्मिक र साँस्कृतिक पर्यटनको लागि पनि सम्भावना छ ।

तसर्थ, सोलुखुम्बु जिल्ला नेपालको उत्तरमा पूर्वमा अवस्थित हिमाललै हिमालले भरिएको नयाँ पदमार्गहरुको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला हो भन्दा अतियुक्ति नहोला । यहाँ बसोबास गर्ने बहुजाति, भाषा र सँस्कृतिको धनि जहाँ, शेर्पा, तामांग, राई, क्षेत्री, मगर र अन्य थुप्रै जातजातिको बसोबास रहेको छ । समुदायभित्र एक आपसमा सुमधुर सम्बन्ध कायम राख्नु यहाँको विशिष्ट पहिचान पनि हो ।

सोलु र खुम्बु दुईवटा शब्द मिलेर सोलुखुम्बु नाम रहन गएको हो । जसअनुसार खुम्बु क्षेत्र भनेर चिनिने अत्यन्तै सुन्दर ठाउँ लुक्ला ,नाम्चे बजार, खुम्जुङ, तेङबोचे, सगरमाथा आधार शिबिरसम्मको यात्रा भएर चोला पास हुदैँ गोक्यो ताल, दोले, थामेजस्ता थुप्रै गाउँहरुमा पदयात्रा गर्ने गरिन्छ । यस्तै सम्भावनाले युक्त तल्लो भेगमा रहेका सदरमुकाम सल्लेरीबाट सुरु हुने दुधकुण्ड, पिके, जुनबेसी, टाक्सिन्दु, बासा, काँकु, हुँदै सल्लेरीसम्मको सर्किट र त्यसैगरी सल्लेरीदेखि काकु, बासा हुँदै सोताङ, महाकुलुङ, साल्पा पास, तुम्लिंगटार भएर काठमाडौंसम्मको पदयात्रा गर्न सकिने ठाउँहरु छन्, जसलाई अहिलेसम्म पनि व्यवस्थित रुपमा उजागर तथा प्रवद्र्धन गर्न सकिएको छैन ।28276786_1841847082516559_287369323220368295_n

नेपालको पर्यटन प्रवद्र्धनमा एक नम्बर गन्तब्यका रुपमा खुम्बु क्षेत्र पर्दछ । यस क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा दैनिक २५ देखि ३० वटा हवाई उडानमार्फत पर्यटक पुग्छन् । विभिन्न तथ्यांकहरुलाई हेर्दा सिजनमा सालाखाला दैनिक ४०० देखि ५०० पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा जाने गरेको पाइएको छ । तर, यही क्षेत्रको तल्लो भेगको सम्भावनालाई प्रचारमा ल्याउन र व्यवस्थित गर्न नसक्दा अहिलेपनि विकास हुन सकिरहेको छैन ।

जस्तोः
(१) जिरी (भण्डार, नाम्खेली, नामुर गुम्बा, पिके डाँडा जुनबेसी, थुपतेनछोलिंग गुम्बा, रातनाङ्गे डाँडा हुँदै बासा होमस्टेसम्म (त्यहाँ प्राकृतिक सम्पदा, सांस्कृतिक धार्मिक एवं एग्रो टुरिजमको लागि ठूलो सम्भावना रहेको छ, जहाँ पर्यटकलाई अर्गानिक खानाका परिकारहरुसँग रमाएर छुट्टै आनन्द दिलाउने वातावरण निर्माण गर्न सकिन्छ) । यो क्षेत्र एउटा पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको क्षेत्र हो । गाउँ घरका कुना कुना घुमेर लोकल जीपमा सिलगुढी डाँडा, सल्लेरी बजार हुँदै काठमाडौँसम्म आनन्द अनि सजिलै तरिकाले फर्किन सकिन्छ ।

(२) विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै सोलुखुम्बुमा दर्जनौं छ हजार मिटर भन्दा माथिका ससाना हिमालदेखि आठ हजार मिटरका हिमालहरु रहेका छन् । लोत्से, नुप्त्से, चोयु, पुमरी, आमादब्लम, थामसेर्कु, तावाचे जस्ता आकर्षक हिमालहरु खुम्बु क्षेत्रमा पर्दछन् भने नुम्बुर हिमाल, करेलुङ, दुधकुण्ड पिके डाँडा तल्लो क्षेत्रको पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

29665561_1877777612256839_3323160628247453862_oनेपालमा थप पर्यटक भित्र्याउन, बसाई अवधि बढाउन, औसत दैनिक खर्चमा बृद्धि गर्न नयाँ नयाँ पर्यटन पदमार्गको खोज अनुसन्धान गरी प्रचार प्रसार र प्रवर्दन गर्नका लागि सम्बद्ध संघ सँस्थाहरुले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । पर्यटना तथा ग्रामिण पर्यटन प्रवद्र्धनमा जोड दिदै एग्रो टुरिजमको अवधारणा दुरदराजसम्म पुर्याउन सबैले पहल गर्नुपर्दछ । राज्य पक्षले पनि सम्बन्धित सबै सरोकारवाला निकाय तथा स्थानीयसँग यस्ता विषयमा सहकार्य गरेर अगाडि बढ्न सकेको खण्डमा पर्यटन क्षेत्रबाट देशले राम्रो आर्थिक उन्नति गर्न सक्दछ । अनि राज्यले लुकेर रहेका नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको खोजअनुसन्धान, प्रवद्र्धनमा विशेष योजना बनाएर प्राथमिकताका साथ अघि बढ्नुपर्ने टड्कारो आवश्यकता रहेको छ । त्यसो हुन सके वास्ताविक अर्थमा आर्थिक सम्बृद्धि ल्याउन सकिन्छ, जसको माध्यमबाट देश र जनताको आर्थिक स्तर उक्सने छ ।

लेखक कार्की यूवा पर्यटन व्यवसायी हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*