अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

हेलिकोप्टरले अब ५ यात्रु मात्रै बोक्न पाउने

46226

heliकाठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले एस३५०/एच१२५ हेलिकोप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय गरेको छ।

प्राधिकरण महानिर्देशक सञ्जीव गौतमका अनुसार सामान्य अवस्थामा यी हेलिकोप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय भएको जानकारी दिए। तर, हाई अल्टिच्युटमा भने हेलिकोप्टर कम्पनी तथा पाइलटले लोड ब्यालेन्स गरेर यात्रु बोक्नुपर्ने हुन्छ।

पाइलट छेउको सिट हटाउन नियमक र सेवा प्रदायक सहमत भएपछि निर्णय भएको उनले जानकारी दिए।

नेपालको उडानलाई कसरी अझै सुरक्षित बनाउन विषयमा बिहीबार हेलिकोप्टर कम्पनीका सञ्चालक प्राधिकरणबीच छलफल भएको थियो। उक्त छलफलमा पाइलटको छेउमा हुने सिट (बेन्चसिट) मा यात्रु नबोक्ने निर्णय भएको प्राधिकरण उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। तर, एएस३५०/एच१२५ हेलिकोप्टरबाहेक अन्य कम्पनीको हेलिकोप्टरको विषयमा भने केही परिर्वतन नभएको उनको भनाइ छ।

एएस३५०/एच१२५ हेलिकोप्टर नेपालमा २१ वटा थिए। ताप्लेजुङमा भएको एयर डाइनेष्टीको यही कम्पनीको हेलिकोप्टर दुर्घटनापछि अब २० वटा मात्रै बाँकी छन्।

अहिले यी नामका हेलिकोप्टर एयरडाइनेष्टीसँग ४, श्री एयरलाइन्ससँग २, सिम्रिकसँग ३, सुमिटसँग २, हेलीएभरेष्टसँग २, अल्टिच्युटसँग १, मनाङसँग २, माउन्टेनसँग २ र कैलाशसँग २ वटा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*