भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

संघीय नेपालको प्रशासनिक नक्सा यस्तो छ

46229

1काठमाडौ । सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्नु भएको हो ।

नक्सामा सात वटै प्रदेश, त्यसको सिमाना, ७७ वटा जिल्ला र त्यसको सिमाना, अन्तराष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ । सबै प्रदेशको नामाकरण समेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको मन्त्री अर्यालले स्पष्ट पार्नु भयो ।

मन्त्री अर्यालले प्रदेश स्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै सार्वजनिक गर्ने घोषणा गर्नु भयो । सरकारले सार्वजनिक गरेको सो नक्सा नापी विभागको वेबसाईट http://dos.gov.np मा राखिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विभागको वेबसाईटमा पनि सो नक्सा राखिएकाले त्यसैलाई आधिकारिक मानेर प्रयोग गर्न सम्बन्धित सबै निकायलाई आग्रह गर्नु भयो । २०१४ सालमा स्थापना भएको नापी विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरु गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*