प्रचण्डद्वारा खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना   •   पर्यटक संख्यामा उल्लेख्य बृद्धि, सन् २०२० को लक्ष्य भेटिएला ?   •   एनएमबीमा ओम विकास बैंक गाभियो   •   मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा   •   नेकपा जनवर्गीय संगठनको भागबण्डा: कुन संगठनको नेतृत्व कसले पाए ?   •   एभरेष्ट म्याराथनमा १५५ विदेशीसहित दुई सयबढीको सहभागिता हुने

विप्लवप्रति प्रधानमन्त्रीको कटाक्ष: ‘नेकपा होइन, लुटेरा समूह राख्दा हुन्छ’

46246

rकाठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपाका कारण आफूहरुलाई लाजको अवस्था आएको बताएका छन् ।

उनले विप्लवलाई पार्टीको नाम फेर्न सुझाव दिंदै भने, ‘पार्टीको नाम ‘लुटेरा समूह विप्लव’ राख्नुस्, हामी पनि नेकपा हौं । हाम्रो पार्टीको पो बेइज्जत भइसक्यो ।’

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव माओवादीले देशभर चन्दा आतंक र त्रास सिर्जना गरिरहेको भन्दै ‘लुटेर समूह विप्लव’ सुहाउँदो नाम हुने भन्दै व्यङ्ग्य गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विप्लवलाई चन्दा आतंक, हत्यालगायतका आपराधिक क्रियाकलाप छाड्न समेत आग्रह गरे । ओलीले गैरकानुनी क्रियाकलाप बन्द नगरे सरकारले शान्ति सुरक्षाका लागि विप्लव माओवादीविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*