भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

प्रहरीलाई सहासिक बनाउन बन्जी जम्प

46258

aप्रहरी सेवाको आधारभुत तालिम लिदै गरेका ९० जना प्रहरी निरीक्षक र ३० जना प्रशिक्षक गरि १२० जनाको टोलिले बन्जी जम्प गरेका छ्न ।

रास्ट्रसेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक गतिविधिमा सम्लग हुनुपर्ने भएकोले तालिम अन्तर्गत बन्जी जम्प गराइएको प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए । उनी भन्छ्न – “बन्जीले डर सँग लडि अगाडि बड्न आत्मबल बढाउछ त्यसैले तालिममै बन्जी जम्प समाबेश गराइएको छ ।”

भोटेकोसी स्थित द लास्ट रिसोर्टमा गराइएको बन्जीमा प्रशिक्षक ५ र प्रशिक्षार्थी ९ गरि १४ जना महिला प्रहरीले जम्प गरेको लुइँटेलले बताए । एक सय ६० मिटर उचाइमा एसियाकै दोश्रो अग्लो बन्जीमा जम्प गर्न पाउनु खुसिको कुरा रहेको पनि उनले सुनाए ।

प्रहरीहरुलाई जम्प गराउन पाउँदा आफ्नो काम प्रती अझ गर्व बढेको र प्रहरीको अनुशासन देखेर आफू प्रभावित भएको बन्जी मास्टर भोला श्रेष्ठको भनाइ छ  ।

पाङलङ र त्याङ्थली जोड्ने एक सय ६६ मिटर लामो झलुङ्गे पुल निर्माण गरि न्यूजिलाण्डका नागरिक डेविड एलर्डाइस र भैरहवाका विष्णु न्यौपानेले सन १९९९ मा सहासिक खेल बन्जी जम्प नेपालमा सुरु गरेका हुन । करिव २ दशक नेपालमा रिभर गाइड काम गरेका डेविड भोटेकोशी नदीमा र्याफ्टिङ सुरु गर्ने पहिलो व्यक्ति हुन् । डेविड र उनको साथी वीलियम लिङ्कन लगायतको टोलीले सन् १९९९ को नोबेम्बरमा उद्घाटन बन्जी गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*