अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

थुलुङ दुधकोशी गाउँपालिकाले एक हप्तामा २० हजार बढि आन्तरिक पर्यटक भित्र्याउदै

46266

53031583_2083300628413630_5154157898493853696_nसोलुखुम्बु, २६ फागुन । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले २० हजार भन्दा बढि आन्तरिक पर्यटक भित्र्याउने तयारी गरेको छ । सामुदायीक अस्पताल निर्माणार्थ २० करोड संकलन गर्ने लक्ष्यका साथ गाउँपालिकाले आगामी चैत्र २ र ९ सम्म आयोजना गर्न लागेको महायज्ञमा २० हजार भन्दा बढि आन्तरिक पर्यटक भित्राउने तयारी भइरहेको जनाइएको छ ।

५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि आयोजना हुने मुक्लिस्थित गाउँपालिकाको कार्यालय प्रांगणमा हुने महायज्ञमा सहभागी हुने पुग्ने अतिथि र सर्वसाधारणको सहजताका लागि नेले–मुक्लि सडकको मर्मत गरिएको छ भने विशिष्ट अतिथिका लागि आवासको व्यवस्थापन थालिएको छ । कथाबाचन सुन्नका लागि पुग्ने सर्वसाधारणका लागि शाकाहारी होटल पसल राख्ने व्यवस्था मिलाईएको छ ।

महायज्ञको लागि सहयोग संकलन अभियान गाउँ–शहर, देश–विदेशमा द्रुत गतिमा अघि बढाईएको छ । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार अहिले ७ करोडको हाराहारीमा सहयोग संकलन भईसकेको छ ।

महायज्ञमा सहभागी हुन पुग्ने सांसद, जनप्रतिनिधि लगायतका अतिथिलाई आवासको व्यवस्था मिलाएको आवास व्यवस्थापन उपसमितिका संयोजक भुपालसिं राईले जानकारी दिए । पाँच सय अतिथिका लागि महायज्ञ परिसर, आसपासका घर, नेलेबजारका होटल र सल्लेरीका होटल बुकिङ गरिएको छ । ४० जनाका लागि टेन्टको व्यवस्था मिलाईएको छ भने तिन सय ब्ल्याङकेट, म्याट्रेस र सिरानी मुक्लि ल्याईसकिएको छ ।

हजारौ साना तथा ठूला सवारीसाधन व्यवस्थापनका लागि पार्किङको व्यवस्था मिलाईएको छ । पवित्र उद्देश्यका साथ आयोजना गरिने महायज्ञ सफल पार्नका लागि तयारी तिब्र पारिएको हो । महायज्ञको सुरक्षा र विविध कार्यमा सहजीकरणका लागि सुरक्षाकर्मीसंगै पाँच सय भन्दा बढि यूवा परिचालन गर्ने यूवा परिचालन उपसमितिका संयोजक रामसघर्ष किरातीँले जानकारी दिए । बाँकी तयारीको काम फागुन मसान्तसम्म सकिने गाउँपालिकाले जनाएको छ ।53611092_2086376658106027_2806516409289408512_n


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*