भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

इथियोपियामा विमान दुर्घटना : १ सय ५७ जनाको मृत्यु

46271

airlive.net_-1फाइल तस्वीर – एयर लाइभ डट नेट

इथियोपिया– इथियोपियन एअरलाइन्सको दुर्घटनाग्रस्त विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको भएको छ । इथियोपियाको राज्य सञ्चालित समाचार संस्था इबीसीले जनाए अनुसार दुर्घटनाग्रस्त बोइङ ७३७ विमानमा सवार १ सय ४९ यात्रु तथा ८ चालक दलका सदस्य सवैको  मृत्यु भएको छ ।

यसअघि इथियोपियाको राजधानी आदिस अबाबामा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याको राजधानी नैरोबीको जुमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको फ्लाइट इटी ३०२ को विमान उडान भरेको केही मिनेटभित्रै सम्पर्कविहीन भएको थियो ।

विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको हाे । स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा नैरोबीका लागि उडेको विमान उडेको केही समयमा नै ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।
यता इथियोपियाका प्रधानमन्त्री आबिये अहमदले विमान दुर्घटनामा मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै केन्याका राष्ट्रपति उहुरु केन्याटाले  घटनाप्रति दु:ख प्रकट गर्दै  मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

दुर्घटना भएको विमान कम्पनी इथियोपियन एयरलाइन्सले  दु:ख प्रकट गर्दै आफ्नाे सामाजिक सञ्जाल समेत कालो बनाएको छ ।

इथियाेपियन एयरलाइन्स अफ्रिकी महादेशको सवैभन्दा ठूलो  विमान सेवा प्रदायक कम्पनी हाे । गत वर्ष मात्रै उसले १ करोड ६० लाख भन्दा बढी यात्रुलाई हवाइ सेवा प्रदान गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*