अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

राष्ट्रिय महिला भलिबल वैशाखमा

46274

mahila-vollyballकाठमाडौं– केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा हुने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुने जानकारी दिएको हो ।

पेन्ट कम्पनी केएनपीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा ६ टोलीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा साविकको विजेता एपीएफ, न्यू डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी, नेपाल पुलिस, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५–१५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*