भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

पर्वतारोहणमा कानुनविपरीत शुल्क नबुझाउन पर्यटन विभागको आग्रह

46279

shutterstock_69342169काठमाडौं : पर्वतारोहण क्षेत्रमा कानुनविपरीत तोकिएका शुल्क नबुझाउन पर्यटन विभागले व्यवसायीलाई आग्रह गरेको छ । ‘पर्वतारोहण सञ्चालक संघ नेपाल’ नामक संस्थाले प्रतिआरोही ४० हजार रुपैयाँ बुझाउन व्यवसायीलाई पत्राचार गरेको उजुरी आएपछि विभागका महानिर्देशक डण्डुराज घिमिरेले व्यवसायीलाई रकम नबुझाउन आग्रह गरेका हुन् ।

यो संस्थाले विभागको निर्देशन भन्दै व्यवसायीलाई आरोहणमा जानुअघि ठमेलस्थित संस्थाको कार्यालयमा रकम बुझाउन पत्राचार गरेको थियो । अघिल्ला वर्षमा लिनेभन्दा थप शुल्क वृद्धि गरी बुझाउन भनेपछि व्यवसायीले असन्तुष्टि जनाउँदै पर्यटन विभागमा उजुरी दिएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*