अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

सिके त सिके तर के सिके ? कहाँ सिके, कसरी सिके, किन सिके ?

मनोज गजुरेलको ब्याङ्यात्मक लेख

46280

KP-Oli-CK-Rautसिके र सरकारले संझौता गरेका छन् तर संझौतामा के छ ? त्यो उनिहरुलाई नै थाहा छ कि छैन ? मलाई थाहा भएन । किनभने सम्झौताको मसी सुक्न नभ्याउदै काठमाण्डौको सदनमा बादल गर्जिहाले- ‘सबै समस्याको समाधान जन-अभिमतबाट गरिनेछ ।’ तुरुन्तै जनकपुरकाे सडकमा सिकेका नारा उर्लिहाले- ‘जन-अभिमतका अर्थ ‘अभिका अभि जनमत सङ्ग्रह’ करिनेछ !’
अब भन्नोस् – सरकारले सिकेलाई सुँघाएकाे हो कि, सिकेले सरकारलाई फँसाएकाे हाे कि, सिके-सरकार मिलेर दुनियाँलाई हँसाएकाे हाे ? कुरो कहानीमा अल्झिएको छ ।

हिजो राष्ट्रिय अखण्डता सिध्याउन खण्ड–खण्डताको खाडल खनेका सिकेले एक्कासी त्यो खाडल कसरी पुरे ? नेपाल आमालाई आमाचकारी भन्ने उनलाई राष्ट्रप्रेमी केपीले किन ताली ठोके ? नेपाली दिदीलाई बैनीकचारी गाली गर्ने सिकेले पिके (पुष्पकमल)सँग माफी मागे कि ‘ठिक है, ठिक है’ भन्दै अँगालाे हाले हाेला ! स्वतन्त्र पुष्टी भएको छैन ।

रत्नाकार ‘बाल्मिकी’ बने । अंगुलीमाल ‘भिक्षु’ भए, प्रचण्ड ‘पुष्पकमल’ हुनपुगे । सिकेपनि चन्द्रकान्त बन्न सक्छन् । तर, ‘सिके’ साँच्चै ‘चन्द्रकान्त’ बनेका हुन् कि ‘चतुरकान्त’ हुन खोजेका हुन् ? हेर्न बाँकी छ ।

यो ९० डिग्रीको युटर्न सिकेले आफैं सिके कि कसैले सिकाए ? सिकेभने के सिके ? सिके कि बिके ? सिकेको सिप के हो ? सिकेको सीप देशलाई काम लाग्छ ? सिके र पिके समान हुन् त ? के सिके आफ्नो अडानमा टिके ? टिके पो सिके नत्र के सिके ! टिकेको तिनमन्त्र जे हो, सिकेको त्यही हो ? सिकेले सम्झौताबाट हात झिके भने के होला पिके ?

यी प्रश्नको उत्तर नआउन्जेल ‘किप प्रेसरिङ टु सिके, पिके एन्ड केपी ।’ जय नेपाल ।

gajureal.com


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*