अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

शेयर बजारमा दोहोरो अंकको सुधार, तामाकोशीको मूल्य ५ रुपैयाँ बढ्यो

46283

sकाठमाडौंः शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। शेय बजार परिसुचक नेप्से १४ अंकले बढेर ११ सय ४२ मा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३ अंकले बढेर २ सय ४३ पुगेको छ। बजारमा १ सय ७१ कम्पनीका ४० करोड रुपैयाँको कारोबार भएको छ। बजारमा अन्य बाहेक सबै सुचक हरिया भएका छन्।

हाइड्रो पावरको शेयर सबैभन्दा बढी बढेको छ। अत्यधिक शेयर रहेको माथिल्लो तामाकोशीको शेयर मुल्य ५ रुपैयाँले बढेर २ सय ३५ पुगेको छ। बजारमा नाग्दी ग्रुप पावर र कन्चन विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सेन्ट्रल फाइनान्स र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*