व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

आरोही खालिङले कांग्रेसको चारतारे झण्डा सगरमाथाको चुचुरोमा फहराउँदै (भिडियोसहित)

46292
  • शिखरपोष्ट रिपोर्टर

IMG_0020काठमाडौं । पहिलो खालिङ सगरमाथा आरोही चन्द्रशोर खालिङले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथाको चुचुरोमा फहराउने भएका छन् । आरोही खालिङले आउँदो सिजनमा झण्डा फहराउन लागेका हुन् ।

कांगे्रस पार्टीको टाक्सिन्दु वडा ईकाईद्धारा बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच पार्टीका सह–महामन्त्री डा. प्रकाश शरण महतले आरोही खालिङलाई सगरमाथामा फहराउने झण्डा हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सह–महामन्त्री महतले ऐतिहासिक पार्टीको झण्डा सगरमाथाको चुचुरोमा फहराउनु सिंगो पार्टीका लागि गौरबको विषय भएको बताए ।

IMG_0012कांग्रेस नेताहरु बल बहादुर केसी, आङगेलु शेर्पा, प्रकाशसिं कार्की, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा, नेपाल पर्यटन बोर्डका स१चालक समिति सदस्य दीपक महत, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पालगायतले आरोही खालिङलाई सफलताको शुभकामना दिए ।

झण्डा ग्रहण गरेपछि आरोही खालिङले यो काम चुनौतिपूर्ण भएपनि आफुले त्यसको सामना गर्ने आँट कसेको बताए ।

टाक्सिन्दु वडा ईकाई सभापति फडिन्द्र कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरको बाक्लो उपस्थिति रहेको थियो । IMG_0091


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*