भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

माप्य दुधकोशी गाउँपालिकाको चौथो गाउँसभाले पारित गर्‍यो दर्जन बढि विद्येयक

46306

Mapya-Picसोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको चौथो गाउँ सभाले स्थानीय सरकार संचालनका विभिन्न १३ वटा विद्येयक पारित गरेको छ । विहिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको सभाले दर्जन बढि विद्येयक पारित गरेको हो ।

गाउँपालिकाका योजना अधिकृत पशुपति पोखरेलका अनुसार गाउँपालिका वैठक संचालन सम्बन्धि ऐन, गाउँसभा संचालन सम्बन्धि ऐन, ‘घ’ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धि कार्यविधि, आकस्मिक कोष तथा व्यवस्थापन कार्यविधि, स्थानीय ऊर्जा विकास सम्बन्धि निर्देशिका, पुर्वाधार विकास सम्बन्धि ऐन पारित गरिएको हो । गाउँ सभाले गाउँपालिका स्वास्थ्य तथा सरसफाई ऐन, आर्थिक ऐन, कृषि तथा पशु व्यवसाय प्रर्वद्धन ऐन, एफ.एम. रेडियो संचालन कार्यविधि, स्थानीय कर कार्यविधि, प्राकृतिक स्रोतसाधन परिचालन तथा व्यवस्थापन र कार्यान्वयन कार्यविधि र करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि पनि पारित गरेको हो ।

गाउँसभाले सम्पुर्ण वडा र गाउँपालिका भित्रका ५ माध्यमिक विद्यालयमा ईन्टरनेट जडान गर्ने, ओर्लाङघाट स्थित दुधकोशी नदिमा ट्रष्ट ब्रिज निर्माणका लागि डिपिआर निर्माण गरि टेण्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यस्तै, सेतिआहालको सडकका लागि बजेट विनियोजन गर्ने, उद्यमशीलता सम्बन्धि तालिम वडा नं ५ मा संचालन गर्ने, वडा नं २ मा पार्क सहितको खालिङ समुदायको प्रतिक चिण्डो निर्माण गर्ने, गाउँ सभाका सदस्यहरुको पोषाकमा एकरुपता ल्याउने निर्णय पनि गाउँ सभाले गरेको छ ।

सभाले पहिलो र दोस्रो चौमासिकका योजना, कार्यक्रम र प्रशासनिक खर्च तथा प्रोत्साहन सम्बन्धि शिक्षा समितिको निर्णयलाई अनुमोदन गरेको छ । तामाखानी विद्युत निर्माणको प्रक्रिया अघि बढाउदा गाउँपालिकाको पुर्ण सहमतिमा आवश्यक पर्ने गरि निर्णय गरिएको छ । त्यस्तै, वडा नं ५ मा पर्ने सेति आहाल, सुन्दर झरना, सिलगुढीडाँडा र महभीरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने गाउँ सभाले निर्णय गरेको छ ।

गाउँपालिकाको समिक्षालय हल क्षेत्रमा खानेपानी, चर्पी लगायतका व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्ने र रंगशाला निर्माणको लागि जग्गा पास गर्ने निर्णय गरेको छ । वडा नं ४ कोर्कुबाट प्राप्त करिब तिन सय रोपनी जग्गा पास गर्ने निर्णय गरिएको हो । रंगशाला निर्माणको लागि गाउँपालिकाले क्रमागत योजनाका रुपमा चालु आर्थिक बर्षमा २५ लाख बजेट विनियोजन गरेको छ भने प्रदेश सरकारबाट पनि बजेटको विनियोजनको आश्वासन प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

-himalfm


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*