भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

सोलु पुगेर उपप्रधानमन्त्री पोखरेलले गरे बृद्धभत्ता ५ हजार पुर्‍याउने घोषणा

46343
  • शिखरपोष्ट रिपोर्टर   

54200943_2284421895217166_958937180674195456_nसोलुखुम्बु, २ चैत्र । संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जेष्ठ नागरिक भक्ता मासिक पाँच हजार पुर्‍याउने चुनाबी प्रतिबद्धता छिट्टै पूरा गर्ने दाबी गरेका छन् । ‘कतिपयले बृद्धभत्तालाई विषय बनाएर सरकारको गलत प्रचार गरिरहेको छ’ शनिबार सोलुखुम्बु आएका उनले भने ‘नेकपाको सरकारले केहि समयमै बृद्ध भक्ता बृद्धि गरेर देखाउने छ । त्यसैले तपाईंहरु ढुक्क हुन हुनुस् ।’

थुलुङ दुधकोशी गाउँपालिकाले दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ आयोजना गरेको श्रीमत भागवत् महायज्ञ उद्घाटन गर्न रक्षामन्त्री पोखरेल सोलुखुम्बु आएका हुन् ।
रक्षामन्त्री पोखरेलले सरकार आवश्यक कानुन निर्माणमा व्यस्त भएकाले सरकार केही अलमलिएको जस्तो देखिएपनि सम्बृद्धिकै यात्रा पूरा गरेरै छाढ्ने दाबीसमेत गरे ।

‘सरकार अलमलिएको जस्तो देखिएपनि सम्बृद्धिकै यात्रामा अघि बढिरहेको छ’ उनले भने ;आवश्यक कानुन निर्माण पछि सरकारको गति अझ बढ्छ । सम्बृद्ध नेपाल, सुखि नेपाली’को यात्रा पूरा भएरै छोड्छ ।

उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले दिगो विकासका लागि जनप्रतिनिधि गोठालो बन्न तयार हुनुपर्ने बताए । जनप्रतिनिधिको निगरानी विना दिगो विकास संभव नभएको भन्दै मन्त्री पोखरेलले विकासमा गोठालो बनेर नागरिकलाई परिर्वतनको आभाष दिलाउन तर्फ लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बिकास तीब्र गतिमा अघि बढिरहेको बताए । उनले चैत्र महिनाभित्र सर्वसम्मत रुपमै नामाकरण र प्रदेशको केन्द्र टुंग्याउने दाबीसमेत गरे ।
थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा ५० शैयाको सुविधा सम्पन्न अस्पतालको उपप्रधान तथा रक्षामन्त्री पोखरेल र मुख्यमन्त्री राईले शनिबारनै शिलन्यास गरेका छन् । विशेषज्ञस्तरीय सेवा दिने उद्देश्यका साथ आगामी दुई बर्षभित्र बनाईने अस्पतालको निर्माण कार्य सक्ने लक्ष्य लिइएको छ ।

अस्तापल निर्माणका लागि स्थानीयले २३ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् । अस्पताल निर्माणका लागि आवश्यक २० करोड रकम स्थानीयबाटै संकलनको लक्ष्य राखिएको छ । गाउँपालिकाले अस्पताल स्थापनार्थ रकम संकलनका लागि महायज्ञकै आयोजना गरेको छ । चैत्र ९ गतेसम्मका लागि पण्डित दिनबन्धु पोखरेलको बाचकत्वमा महायज्ञ शुरु गरिएकोे हो ।

गाउँपालिका अध्यक्ष असिम राईले अस्पताल स्थापनासँगै सोलुखुम्बुको थुलुङ दुधकोशी, नेचासल्यान, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिकाका ६० हजार भन्दा बढि नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*