अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

लगानी सम्मेलनः ६३ वटा विकास आयोजना प्रस्ताव गरिने

46351

lagani_1_yGG7rZ42shकाठमाडौँ, ३ चैत । आर्थिक समृद्धिको अभियानलाई अझै सन्तुलित बनाउने गरी सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा ६३ वटा विकास आयोजनाको प्रस्ताव सूची पेश गर्ने भएको छ ।

लगानी बोर्डले र निजीक्षेत्रसमेतले पूर्वसम्भाव्यता अध्ययन गरी तयार परिएका यी आयोजना देशका सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित विकासको अवधारणामा आधारित छन् ।
यही चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा लगानी बोर्डले आफ्नै पहलमा ४६ वटा र निजीक्षेत्रका १७ वटा परियोजना लगानीकर्ता माझ राख्दैछ ।

पूर्वी र पश्चिम नेपाल समेट्ने गरी बोर्डले झन्डै ३० खर्ब रुपियाँलगातअनुमानसहित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको प्रस्ताव तयार गरेको छ । काठमाडौँलाई पोखरासँग जोड्ने विद्युतीय रेलमार्गको प्रस्ताव पनि बोर्डले तयार पारेको छ ।

पूर्वाधार विकासका आयोजनामा जोड दिँदै बोर्डले छानेका योजनाहरु यातायात, पर्यटन, कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सबैखाले योजना यसमा परेका देखिन्छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका आयोजनाहरु राष्ट्रिय आवश्यकता, संभाव्यता र लगानीकर्ताको संभावित आर्कषणजस्ता पक्षलाई हेरेर चयन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*