भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

अध्यक्ष रुद्रबहादुर घतानीद्धारा ब्यानर र सहयोग रकम हस्तान्तरण (फोटो फिचरसहित)

46410
  • शिखरपोष्ट रिपोर्टर

55459982_672393169849796_6824497660892807168_nकाठमाडौं, ११ चैत्र २०७५ । सामाजिक सेवामा समर्पित सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच समाजका अध्यक्ष रुद्रबहादुर घतानीले समाजको उक्त ब्यानर विश्वकर्मा समुदायकै पहिलो सगरमाथा आरोही विजय घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

जातीय, भाषिक, लैंगीक र वर्गीय विभेदको अन्त्यको अभियानका साथ कपिलबस्तु जिल्ला बुद्धभूमी नगरपालिका २ स्थायी निवासी कुमारी रनपालले समाजको उक्त ब्यानर सगरमाथाको चुचुरोमा पुर्‍याउन लाग्नुभएको हो ।

55686798_2127263240682643_2512067345694851072_n
आरोही घिमिरेको संस्थाबाट आउँदो सिजनमा सगरमाथा आरोहण गर्न लाग्नुभएकी रनपालको लागि समाजको तर्फबाट २५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको छ ।

व्यानर र सहयोग रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष रुद्रबहादुर घतानीले आरोही रनपालको साहाशिक कदमको प्रशंसा गर्दै आरोहण सफलताको शुभकामना दिनुभयो । उहाँले समाजमा देखिएका सबैखाले विभेदको अन्त्यका लागि अगाडि बढाइएका यस्ता पवित्र अभियानहरुमा आफुले जहिले पनि सहयोगीको रुपमा भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

55459990_557065474788329_347212917214543872_n


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*