तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

मुख्यमन्त्री शेरधन राई खरिखोला र खास्ताप आउँदै

46494

Sherdhan-Raiसोलुखुम्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई भोली (चैत्र १९ गते) सोलुखुम्बु आउने भएका छन् । माप्य दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हमू गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको ग्रामिण सडक उद्घाटनका लागि मुख्यमन्त्री राई खरिखोला आउन लागेका हुन् ।

सोही दिन विहान माप्यदुधकोशी गाउँपालिकाको समिक्षाहल र प्रहरी चौकीको भवन पनि उद्घाटन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तम कुमार बस्नेतकोसमेत उपस्थिति रहने उक्त कार्यक्रमको अबसरमा खरिखोला स्वास्थ्य केन्द्रको भवन शिलान्यास, मेरापिक ट्रेकिङ ट्रायलरुट उद्घाटन र सिक्ली दलितबस्तीको सामुदायीक भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*