तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

राष्ट्रिय योजना आयोग भन्छ ‘२५ बर्षभित्र नेपालीहरुको प्रतिव्यक्ति आय १२ हजार डलर’

46522

rastriyaकाठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षभित्र नेपालीहरुको प्रतिव्यक्ति आया १२ हजार १ सय डलर पुर्‍याउने योजना सार्वजनिक गरेको छ।हाल नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसतमा १ हजार ४ डलर रहेकोमा पाँच बर्षपछि १ हजार ५ सय ८३ डलर हुँदै २५ बर्षभित्र १२ हजार डलर भन्दा बढी पुर्‍याउने योजना बनाइएको हो।
काठमाडौंमा सन्चालन भईरहेको राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकमा आयोगले पेश गरेको १५ औँ पञ्चवर्षीय योजनाको आधार पत्रमा लगानी बढाएर प्रतिव्यक्ति आय बढाउने लक्ष्य राखिएको छ।

२५ वर्षको अवधिमा नेपाललाई विश्वकै उच्च आर्थिक आय भएको मुलुक बनाउने उल्लेख त्यसमा गरिएको छ। आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले पेश गरेको आधारपत्रमा ५ वर्ष अवधिमा ९ प्रतिशतको आर्थिक बृद्धिदर र २५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हुने उल्लेख छ।

आगामी ५ वर्षको अवधिमा विभिन्न आयोजनामा ९७ खर्ब ७७ अर्ब लगानी गर्ने र सो अनुरुप प्रतिव्यक्ति आय बृद्धि हुने जनाइएको छ।

उपरोक्त लगानीमध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ सरकारले आफै लगानी गर्नेछ। त्यो लगानी कूल लगानीकोे ३७.६ प्रतिशत हुन्छ। र, सो भन्दा बाहेर विदेशी र निजी क्षेत्र तथा सहकारीबाट आउने देखाइएको छ।

निजी क्षेत्रले ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ, जुन कूल लगानीको ५८.१ प्रतिशत हुनेछ। त्यस्तै, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड अर्थात् ४.३ प्रतिशत लगानी हुने आयोगले प्रक्षेपण गरेको छ।

२५ वर्ष अवधि नेपालको गरिवी सून्यमा झरिसक्ने आयोगको दावी छ। आयोगका अनुसार औषत आयुपनि ८० वर्ष नाघ्ने देखाइएको छ।

२५ वर्ष सम्ममा ३३ हजार राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग निर्माण गरिसक्ने छ। यसैगरी २५ बर्षभित्र फास्ट ट्रयाकमात्रै २ हजार निर्माण हुनेछन्। यसैगरी२ हजार २ सय किलोमिटर रेलमार्ग निर्माण हुनेछन्।

यसैगरी ४० हजार मेगावाट जलविद्युत उत्पादन गरिसक्ने सो आधारपत्रमा उल्लेख गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*