तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

ऊर्जामन्त्रीले रसुवागढी र सान्जेनको हजार कित्ता सेयर किन्ने घोषणा

46530

Barshaman-Pun-1024x614काठमाडौं, २६ चैत । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर निश्काशनबारे जानकारी दिन मंगबलार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जारी गरिएको माथिल्लो त्रिशुली थ्री बीमा एक हजार कित्ताका लागि आवेदन दिदा २० कित्तामात्रै परेको स्मरण गर्दै उनले यस पटक भने आफूलाई एक सय कित्ता पर्ने अपेक्षा गरिएकोसमेत सुनाए ।

मंगलबार नै दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी उल्लेख छ ।

सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।

यो आयोजनको जमरी पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो आयोजनाले उक्त पुँजीको १५ प्रतिशतको मात्रै शेयर आवेदन माग गरेको छ । यसको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, र ४ प्रतिशत कर्मचारीलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरको आइपीओ जारी गरेको हो ।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो भने सहायकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड हो । रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम ५० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ । यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले १ करोड २ लाख ६३ हजार १५० कित्ताको शेयर निष्कासन गरेको हो ।

यसमध्ये ४ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरको आईपीओ निष्कासन गरेको हो । यो आयोजनाले १११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ ।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो भने सहायक कम्पनीमाा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*