भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

सरकार पिपिपि मोडलमा काम गर्न तयार छ: प्रधानमन्त्री ओली

46574

ddfile photo

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सरकार पव्लिक पाइभेट पार्टनरशीप (पिपिपी) मोडलमा काम गर्न तयार रहेको बताएका छन्। बिहीबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै सो कुरा बताएका हुन् ।

उद्योग क्षेत्रमा ५५ प्रतिशत निजी क्षेत्रको सहभागिता हुनुपर्ने बताउदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार पिपिपि मोडलमा काम गर्न निजी क्षेत्र भन्दा उत्साहित छ। त्यसको लागि के गर्नुपर्छ। सरकार नीति संशोधन गर्न पनि तयार छ।’

यस्तै प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई विद्युतीय सवारी साधानको उद्योग खोल्न समेत आग्रह गरे । यस्ता उद्योग खोल्ने उद्योगीहरुलाई सरकारले सहयोग गर्ने पनि बताए।

प्रधानमन्त्री ओलीले उद्योगिहरुलाई इन्नोभेटिभ तरीकाले नयाँ नयाँ उद्योग खोल्न आग्रह समेत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*