भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

संसारको सबैभन्दा होचो महिला मतदान केन्द्र पुग्दा यस्तो भयो

46577

loksavaनागपुर । बिहीवारदेखि शुरु भएको भारतको लोकसभा चुनाव पहिलो चरणको मतदानमा मतदाताहरु मतदान केन्द्र पुग्दै थिए । यसै समय संसारको सबैभन्दा होचो महिला ज्योती अमगे पनि मतदान केन्द्र पुगिन् । टिभी शो बिग बोस, २०१२ मा आइसकेकी अमगेले आफ्नो फेसबुक प्रोफाइलमा औंलामा लागेको मसि देखाउंदै फोटो पोस्ट गरेपछि  पुन: उनको चर्चापरिचर्चा भइरहेको छ ।

नागपुरको पोलिंग बुथ बाहिर पत्रकारहरुसँग कुरा गर्दै “म सम्पूर्ण नागरिकहरुलाई भोट हाल्न अनुरोध गर्छु । सबैभन्दा पहिले तपाई भोट  गर्नुहोस्, त्यसपछि मात्रै  अन्य काम गर्नुहोस् ।” उनले भनिन् ।

गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराईसकेकी अमगेको होचोपन नै उनको परिचय बनेको छ । उनी ६१.९५ सेन्टिमिटर अर्थात २७.७ इन्चकी छिन् ।  हार्मोनल डीसअर्डरका कारण उनको कद होचो भएको हो । मेडिकल साइन्सको भाषामा एकानड्रापलेसिया भनिने रोगको उनी सिकार भएकी हुन् ।

आफुलाई सलमान खानको ठुलो फ्यान  बताउने अमगे गेस्ट कन्टेसटेन्टको रुपमा बिग बोस को सिजन ६ मा देखिएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*