भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

आठौ‌ं राष्ट्रिय खेलकुदः सुदूरपश्चिम प्रदेशलाई तीन स्वर्ण

46583

sudurकाठमाडौं । सुदूरपश्चिम प्रदेशले आठौ‌ं राष्ट्रिय खेलकुद अन्तरगत कुस्तीमा तीन स्वर्ण हात पार्न सफल भएको छ।

सुदूरपश्चिम प्रदेशकी मनिषा सिंहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन्। यस समूहमा सेनाकी लक्ष्मी तामाङ्खले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन्।

यस्तै ५३ केजीमा सुदूरपश्चिम प्रदेशकी सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए। ५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाईन्।

यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पार्यो। ५७ केजीमा सेनाकी कल्पना बिकले स्वर्ण हात पारिन्। दोश्रो स्थानमा सुदूरपश्चिम प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन्।

यसैगरी ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा सुदूरपश्चिम प्रदेशकी कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*