तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

होटल एशोसियसनको नाउँमा खुम्बुमा पर्यटकसँग रकम अशुल्नेलाई पक्रन जिल्ला प्रशासनको आदेश

46591

 

pic_2_eTvRVKnqFXसोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा होटल एशोसियसनको नाममा पर्यटकसगँ रकम लिने ब्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रसाशनन कार्यलय सोलुखुम्बुले आदेश दिएको छ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई कोठा भाडाको नाममा एसोसियसनले रकम लिने क्रम नरोकिएको गुनासो व्यापक बढेपछि प्रसाशनले पक्राउ गर्न आदेश दिएको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले होटलले ब्यक्तिगत रुपमा कोठा भाडा लिन पाउने भएपनि कुनै संघ, संगठन दर्ता गरी रकम लिनु गैरकानुनी कार्य भएको भन्दै रकम उठाउने व्यक्तिहरुलाई पक्राउ गर्न आदेश दिएको बताउनुभयो । खुम्बु क्षेत्रमा केहि समयदेखि होटल एशोसियसनले कोठा भाडाको नाममा पर्यटकहरुबाट रकम लिदै आएका छन् ।

उनीहरुले सामान्य कोठाका लागि ५ सय र एटेज बाथरुपसहितको कोठाका लागि एक हजार रुपैया लिदै आएका छन् । केहि समय अघि काउन्टर नै खडा गरी होटल एसोसिएसनले पर्यटकसँग रकम लिदै आएको भएपनि उक्त काउन्टर जिल्ला प्रसाशन कार्यलयले भत्काए पछि अहिले होटलमै पुगेर रकम लिइरहेको बताइन्छ । स्रोत: सोलु एफ.एम


Subscribe to Comments RSS Feed in this post

3 Responses

  1. Yo chai sahi nirnaya garnu bayo hai thank you jil

  2. This is right
    Khumbu ma tesai tourist aayako xaena ni travel company ra guide le kati dhukha gareko xa vanne kura pani khumbule bujnu parxa…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*