तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

आठौं राष्ट्रिय खेलकुदमा आज ९ खेल हुँदै

46612

8th gamesनेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज (शनिबार) विभिन्न नौँ खेलहरु हुँदैछन् ।

गत २७ गतेबाट सञ्चालन भएको प्रतियोगिता ब्याट्मिन्टन, फेन्सिङ्ग, टेबल टेनिस, कुस्ति, हक्की लगायतका खेलहरु सकिएका छन् ।

ad ad ad
आगामी पाँच गतेबाट उद्घाटन हुने प्रतियोगिता अघि करिव १४ खेलको नतिजाआई सक्ने छ । प्रतियोगिता अन्तर्गत आज पनि यस्तै खेलहरुले प्रथामिकता पाउने छन् ।

शनिबार नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेल हुनेछ भने घोराहीको कभर्डहलमा टेबल टेनिसका खेलले निरन्तरता पाउनेछ । नेपालगञ्जमा फेन्सिङको खेल शनिबारसमेत जारी रहनेछ ।

शुक्रबार ललितपुरमा हुन बाँकी रहेका स्क्वास र बुटवलमा बाँकी लनटेनिसका खेल सञ्चालन हुनेछन् ।

त्यस्तै बर्दियाको बाँसगढीमा कबड्डीका खेल सुरु हुँदा दाङमा पुरुष बास्केटबल हुनेछ भने महिलाका खेलहरु पनि आजैबाट सुरु हुनेछन् ।

यस्तै बर्दियामा बुद्विचालको खेल हुँदा नेपालगञ्जमा नै हक्कीमा शनिबारबाट महिलाका खेल सुरु हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*