तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

भ्रमण वर्ष २०२० का लागि नेपाल उद्योग बाणिज्य महासंघले बहस चलाउने

46632
  • शिखरपोष्ट रिपोर्टर

2020काठमाडौं, ३० चैत्र । नेपाल उद्योग बाणिज्य महासंघले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि आफ्नो सम्पूर्ण सञ्जालको परिचालन गर्ने तथा प्रादेशिक पर्यटन विकासमा नेतृत्व लिएर बहस चलाउने भएको छ । महासंघको साधारणसभाले यसतो निर्णय गरेको हो ।

विज्ञहरूको संलग्नतामा मुलुकभित्र उद्योग व्यवसायलगायत अर्थतन्त्रको विकासका क्रममा देखा परेका पूर्वाधारको समस्या, प्रक्रियागत झन्झट, नीति, कानूनका अप्ठ्यारा, चुनौती एवं समस्याहरूको विस्तृत प्रतिवेदन बनाएर सरकारलाई बुझाउने निर्णयसमेत महासंघले गरेको छ । साथै, सरकारले घोषण गरेको सामाजिक सुरक्षा योजनाबारे पुनर्विचार गर्न महासंघले माग गरेको छ ।

महासंघले साधारणसभाबाटै पारित गरेर उद्योग प्रतिष्ठानहरुलाई पुँजीको आधारमा वर्गीकरण गरेर मात्र सामाजिक सुरक्षा ऐन लागू हुनुपर्ने माग गरेको हो । सरकारले मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । यसअनुसार श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र र रोजगारदाताले २० प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ ।

योजना लागू भएको चार महिनाको अवधिमा एकदमै कम उद्योग प्रतिष्ठान मात्र आवद्ध भएका छन् । यही बेलमा महासंघले एकै पटक लागू हुन नसक्ने बताएपछि योजनामाथि प्रश्न उठेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*