तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष: प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

46645

PM-Sambodhanकाठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् । उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको दाबीसमेत गरे ।

नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको छानबिन भइरहेको जानकारी दिए । उनले जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको पनि बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको शुरुवातलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् । नेपाली इमान भएको जाति हो भन्दै उनले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पारे ।

विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान शुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

अब देशलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्य जरुरी रहेको पनि उनले बताएका छन् ।

सम्बोधनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*