भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

लुक्लाको बिमान दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

46658
  • शिखरपोष्ट डेक्स 

plane crassकाठमाडौं, १ वैशाख । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा आज बिहान भएको समिट एयरका दुर्घटनामा परी मृत्‍यु हुनेको सङ्ख्या ३ पुगेको छ । जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको हो ।

समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भइसकेको थियो भने उपचारको लागि काठमाडौं ल्याउने क्रममा अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

दुर्घटनास्थलमै मृत्‍यु भएका ढुङ्गना र खड्काको शब हेलिकोप्टरबाट शिक्षण अस्पातल महाराजगन्ज ल्याइसकिएको नेपाल नागरिक उड्ड्यान प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाकाअनुसार दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको छ ।
समिट एयरको हवाई जहाज उड्ने क्रममा चिप्लिएर पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो ।56815970_2710257599015737_5832478937002803200_n


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*