भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

ठमेलमा पर्यटन व्यवसायी र पत्रकारबीच नयाँ वर्षको शुभकामना आदप्रदान

46664

ddकाठमाडौं । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले नयाँ वर्ष २०७६ को अवसर पारेर पर्यटन व्यवसायी र पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । शनिबार ठमेलको छायाँ सेन्टरस्थित मार्कोपोलो रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदनप्रदान गर्नुका साथै आउँदो बैशाख १३ र १४ गते भृकुटीमण्डपमा हुने डोमेस्ट्रिक टुरिजम मार्ट (डीटीएम)बारे छलफलसमेत गरियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले नेपाल भ्रमण वर्ष २०२० को पर्याप्त तयारी नभईराखेको अवस्थामा निजी क्षेत्रबाट डीटीएम आयोजना गर्नु अत्यन्तै सह्रानीय कदम रहेको बताउनुभयो । डीटीएम चुनौतिपूर्ण भएपनि यसको सफलतासँग मुलुकको सिंगो पर्यटन क्षेत्रको सफलता जोडिने भएकालेसबै मिलेर यसको सामना गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले ७७ वटै जिल्लामा लुकेर रहेको पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै देशैभरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न डीटीएम आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले डीटीएमको तयारी तीब्र रुपमा अघि बढाइएको भन्दै अहिलेसम्मको अवस्थामा अत्यन्तै उत्साहपूर्ण सहभागिता भइरहेको जानकारीसमेत दिनुभयो । सबैको सहयोग र सहकार्यबाट डीटीएमलाई सफल बनाएपछि यसले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा नयाँ आयम थप्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का निवर्तमान अध्यक्ष तथा डीटीएम सद्भावना दूत कमल सापकोटा, नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव तथा डीटीएमका सद्भावना दूत कुलबहादुर गुरुङ, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीलगायतले डीटीएम मुलुकको पर्यटन क्षेत्रका लागि अति आवश्यक रहेको औल्याउँदै यसले पर्यटन क्षेत्रमा नयाँ उर्जा थप्ने धारणा राखेका थिए ।

पर्यटन व्यवसायी तथा पत्रकारहरुको ब्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा डीटीएमका संयोजक माधव प्रकाश सुवेदीले धन्यवाद ज्ञापन गर्दै डीटीएमलाई सफल पार्नका लागि सकारात्मक र रचनात्मक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

डीटीएम तयारीको क्रममा पर्यटकीय नगरी ठमेलका मुख्य नाकाहरुमा गेट बनाउने काम गरिएको छ । त्यस्तै, अहिले स्टल बुकिङ, प्रचारप्रसार तथा व्यवस्थापनको कामहरु भइरहेको जनाइएको छ ।56732778_2224284754500517_4697864636005875712_n


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*