तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

नेपालसहित विश्वभर ‘फेसबुक’ अवरुद्ध

46674

facebookकाठमाडौं, १ बैशाख २०७६ । सामाजिक सञ्जाल फेसबुक अवरुद्ध बनेको छ । सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको हो ।

फेसबुकसँगै ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा बताइएको छ । डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ।

आइतबार दिउँसो साढे ३ बजेपछि नेपालसहित विश्वका अधिकांश भागमा फेसबुक चलेको छैन।

प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका छन् । डाउन भएसँगै सामाजिक सञ्जाल ट्विटरमा #Facebookdown #Instagramdown र #Whatsappdown ट्रेन्डिङमा चलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*