भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

बन्दै गरेको पक्की पुल भत्कियो

46684

badighat-pul-4गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र वडा नं. ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन् ।

घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गरीएको अस्पताल श्रोतले जानकारी दिएको छ। सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कि घाइते भएको जनाईएको छ।

शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पक्कि पुल संघिय सरकार अन्र्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिएका छन ।

वडा अध्यक्ष काफ्लेले इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गरे । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो । गत वर्ष सोहि स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि सो पक्की पुलको निर्माण भैरहेको थियो। यहि जेठ महिनावाट तर्न मिल्ने गरी तिव्र गतिमा काम भैरहेको पुल भत्किएपछि स्थानियहरु अन्योलमा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*