तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

केन्याकाे नाइट क्लबबाट समातिए १२ नेपाली युवती

46690

kenya_VVfc4E4LuXकाठमाडौं : अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ परेका छन्। मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार छापा मार्ने क्रममा क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताएका छन्। उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*