भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

आखिर किन हुन्छ त लुक्लामा विमान दुर्घटना?

46695

IMG-6711e4070ca1d1b6b2edb1b8502699a9-V-14042019102834काठमाडौं । सगरमाथाको प्रवेशद्वार मानिने तेन्जिङ-हिलारी विमानस्थल, लुक्लामा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको दुर्घटनास्थलमै मृत्यु भएको हो भने अर्का असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यसअघि पनि लुक्लामा हवाई दुर्घटनाहरू भएका छन्। लुक्लामा सन् १९७३ यता आजसम्म भएका ११ दुर्घटनामा २६ जनाको मृत्यु भइसकेको छ। सन् २००८ मा लुक्ला विमानस्थलमा भएको दुर्घटनामा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो।

आखिर किन हुन्छ त लुक्लामा विमान दुर्घटना? कस्तो छ भौगोलिक स्थिति?

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो। पछि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीप्रति सम्मान व्यक्त गर्न यसको नामकरण तेन्जिङ-हिलारी विमानस्थल गरियो। यो समुद्र सतहभन्दा २८ सय मिटरको उचाइमा छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ जुन अरू विमानस्थलभन्दा छोटो हो। छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरशूट’ सम्भव हुँदैन। त्यसै उडान गर्नु त्यहाँ अवतरण गर्नु कठिन हुने विज्ञहरू बताउँछन्।

अरूभन्दा कसरी भिन्न?

अन्तिम अवस्थामा अवतरण सुरक्षित नमानिए विमानस्थलमा विमानलाई सीधा अगाडि वा दायाँबायाँ उडाउन सकिन मिल्ने ठाउँ हुनुपर्ने विज्ञहरू बताउँछन्।

लुक्ला विमानस्थल‘ओभरशूट’ विमानस्थलका लागि चाहिने साधारण मापदण्ड मानिन्छ। तर लुक्लामा त्यो मापदण्ड पुगेको छैन।छोटो धावनमार्ग भएको हुनाले उड्दा छिटो गति लिन र अवतरणका बेला छिटै रोकिनका लागि विमानस्थलको निर्माण बेग्लै ढङ्गले गरिएको छ।

यसको तल्लो भाग र माथिल्लो भाग झण्डै १२ डिग्री कोणमा छ। त्यसले धावनमार्गको दुई पुछारबीच १५० फिटको उचाइ फरक पार्छ। त्यो भनेको झन्डै १० तले घर बराबरको उचाइ हो। एकछेउमा सात सय मिटर अग्लो भीर पनि भएकाले यो विमानस्थललाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ। भिरालो धावनमार्गका कारण अवतरणका बेला विमान तल झरिसक्दा पनि माथि नै भइरहेजस्तो हुने भएकाले अवतरणको विन्दुलाई निरन्तर ‘मार्क गर्न सक्नुपर्ने’ चुनौति हुने विज्ञहरू बताउँछन्।

मौसम कस्तो हुन्छ?
लुक्ला विमानस्थललाई सगरमाथाको प्रवेशद्वार मानिन्छ। हिमाली क्षेत्रमा भएकाले त्यहाँ हुस्सु र हावाले उडानमा जटिलता थप्ने गर्छन्। त्यसैले प्राय: बिहान उडान हुने गर्छ। मौसमका कारण धेरै पटक उड्डयन नियम तोडेरै भए पनि उडान-अवतरण गर्नुको विकल्प नहुने विमान चालकहरू बताउँछन्।

मौसम परिवर्तन भइरहे हुँदा धावनमार्गमा टेक्नुपर्ने स्थान ठम्याउन कठिन हुने र विमान चालकहरू झुक्किने गरेको बताइन्छ। लामो समय लुक्लामा विमान उडाएका नेपाल वायुसेवा निगमका क्याप्टेन उद्धव घिमिरे भन्छन्, “मौसमी विवरण वा ट्राफिक अवस्था बुझ्ने उपकरण राम्रो नहुँदा थुप्रै कुरामा पाइलट आफै चनाखो हुनुपर्छ। जति अनुभवी पाइलटका लागि पनि हरेक उडानमा बेग्लाबेग्लै अनुभव हुन्छ।”

लुक्ला विमानस्थलवर्षा र वसन्त ऋतुमा बढी चल्ने हावाले यहाँ जटिलता थप्नेगर्छ। अघिपछि मौसम राम्रो हुँदा पनि हावाले समस्या निम्त्याउने गर्छ।

किन लुक्ला व्यस्त हुन्छ?
सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि एक मात्र यातायातको विकल्प भनेको विमान हो। पदयात्रीहरू प्राय: लुक्लाबाट हिँड्न थाल्ने हुँदा वसन्त ऋतुमा त्यहाँ हवाई चाप बढी हुने गर्छ। अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको हो। पछिल्ला वर्षमा त्यहाँ दैनिक एक सयभन्दा बढि उडान हुन थालेका छन्।

काठमाडौं विमानस्थलमा सुरु भएको धावनमार्ग मर्मतले निम्त्याएको हवाई चापका कारण काठमाडौंबाट हुने लुक्लाका थुप्रै उडानहरु अहिले रामेछाप सारिएका छन्। वर्षेनि हजारौँ पर्यटकहरू लुक्ला हुँदै सगरमाथाको आधार शिविरतिर जान्छन्।
स्रोत : बीबीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*