भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

सांसद हेमकुमार राईले प्रधानमन्त्री ओलीलाई बुझाए सोलुखुम्बुको योजना

46718
  • शिखरपोष्ट डेक्स

hemकाठमाडौं, ६ बैशाख २०७६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको समग्र विकासको खाँका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

नेकपाले केही समय अगाडि सांसदहरुलाई जिल्ला गएर त्यहाँको समग्र विकास योजना लिएर आउन दिएको निर्देशनअनुसार विहिबार सांसद राईले सोलुखुम्बु जिल्लाको समग्र योजना प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।

सांसद राईले विकासका योजनामा सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् । तिङ्लाबाट सल्यान–नेचा बिहिबारे–फुर्केसम्म सडक स्तरोन्नति र कालोत्रे, सल्लेरी–सिलगुडिडाँडा–काँकु–बासा–जुभिङ–खरिखोला–लुक्ला पर्यटन सडक स्तरोन्नति र कालोपत्रे, नेले –देउसा–बुडिडाडा–दिप्लिघाट–सोतङ–बुङ–छेस्काम–गुदेल–साल्पा भन्ज्याङ हुदै भोजपुर,संखुवासभा, धनकुटा, सुनसरी हुँदै बिराटनगर जोड्ने अन्तरजिल्लासडक स्तरोन्नति र कालोपत्रे, अरनिको लोकमार्गबाट दोलखा जिरि–रामेछाप बाम्तिभण्डार हुँदै अन्तरप्रदेश जोड्ने –लिखुखोला–चौलाखर्क–गोली–जस्माने भन्ज्याङ–तामाखानी–सल्लेरी सडक स्तरोन्नति र कालोपत्रे लगायतका सडकलाई प्राथमिकतामा राख्दै अनुमानित लागतसहितको रकम माग गरेका छन् ।

त्यस्तै गुदेलस्थित महाकुलुङ विमानस्थलको लागि जग्गा अधिग्रहण, मुआब्जा वितरण र निर्माणका लागि आवश्यक बजेट, दुधकोशी करिडोर अन्तर्गत दिप्लिघाटमा १३२ के.भी.ए. सब्स्टेसन निर्माण, ग्रामीण विद्युतीकरणका लागि बुढिडाँडा बुङ र जुभिङमा ३३ के.भी.ए. सब्स्टेसन निर्माण, बर्खुघाट दुधकोशी , ओर्लाङ्घाट दुधकोशी, हुंगाखोला छेम्सिफेदी, वात्तिम दुधकोशी, रोकदोभान हुंगाखोला, चुर्पुघाट सोलुखोला, बुङ गुदेल हुंगाखोला, भुवाखोला, लामबगर दुधकोशीलगायतका स्थानमा पुल निर्माणलगायतलाई पनि प्राथमिकताका साथ योजना योजनामा समेटेर बजेट माग गरेका छन् ।

त्यस्तै सिँचाई, खानेपानी, कृषि, हिमाली सहर व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापन आदि सांसद राईका विकासका लागि प्राथमिकतामा परेका योजना छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*