भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

आधार शिविर घाँसे मौदान थियोः कान्छा शेर्पा

47001
  • डोमा शेर्पा

kancha-sherpa-1१९५३ मा पहिलो पटक सगरमाथा आरोहण गर्ने टिमका एक जिवित व्यक्ति कान्छा शेर्पा अहिले ८७ बर्ष पुगेको छ , उनी ३५ जना टिम मध्येको एक जिवित व्याक्ति हुनुहुन्छ । कान्छा शेर्पा फाउन्डेशनको स्थापना गरी दुर्गम भेगका बालबालिकाहरुलाई शिक्षा स्वास्थ्य र जलजायु परिर्वतनसम्बन्धी कार्यहरु गर्दै आउनु भएको छ ।

कान्छा शेर्पा २० बर्षको उमेर हुदा घरको अािर्थक अवस्था सम्हाल्न कामको खोजीमा भागेर दार्जिलिङ पुगेको थियो । दार्जिलिङमा उनको भेट स्वा. तेन्जिङ नोर्गे शेर्पासगँ भयो । उनले ३ महिना दार्जिलिङमा नै काम गरे । एकदिन तेन्जिङले अव चोमालोङ (सगरमाथा) मा जानु पर्छ भनी सुनाए । कान्छालाई पनि जान मन लाग्यो । खुसी हुर्दै अव चोमालोङमा जान पाउने भए भनेर खुसीको सिमा रहेन ।

विस्तारै विस्तारै समय वित्दै गयौ आरोहणमा जाने दिन पनि नजिकिदै गएको थियो । कान्छाले तेन्जिङ नोर्गेसगै दाजिलिर्ङबाट यात्रा सुरु गरे सवैजना रक्सोलसम्म पुगेर आरोहणमा चाहिने सामान र टिम आउने प्रतिक्षामा बसे । त्यस भन्दा पहिला कान्छा शेर्पाले कहिल्यै पनि विदेशी देखेका थिएनन । उनले पहिलो पटक हिल्लरीलाई देखेको थियो (अग्लो, गोरो) अचम्मित भए ओहो विदेशी भनेको त यस्तो पो हुने रहेछ भनी छक्क परेको थियो ।

रक्सोलमा सवै सामान आएपछि यात्रा रक्सोल हुदै भक्तपुरमा क्याम्प राखेका थिए । त्यस समय भक्तपुर पुरा खाली मैदान थियो । केही थिएन । त्यहाको एक हप्ता बसाइपछि यात्रा सगरमाथाको लागि तयभयो । त्यस समयमा यातायतको साधन थिएन ।

सगरमाथा आरोहण गर्दा चाहिने सवै सामान हिल्लरीले बाहिरबाट नै ल्याएको थियो त्यस समयमा नेपालमा सवै सामान पाउदैन थियो । लगाउने कपडा, अक्सिजन, र अन्य सवै सामाग्री बाहिरबाट नै ल्याएको थियो । कपडा भए पनि नभएपनि बाध्य भएर लगाउनु पथ्यौ । सगरमाथा आरोहणमा जादा एक दिनका्े ८ पैसा (चादीको सिक्का) दिएको थियो ।

भक्तपुरबाट नाम्चेसम्मको यात्रा
भक्तपुरबाट चार सय जना भरियाको साथमा यात्रातय भएको थियो । खाडी चौर, मुडे हुदै जिरी त्यसपछि विस्तारै विस्तारै १६ दिनमा नाम्चे पुगेको थियो । नाम्चेमा सामान पु¥याएर ४ सय जना भरिया फर्किएको थियो । ४ सय जनाको भारी याकलाई बोकाएर आधार शिविर पु¥याएको थियो ।

चादिको पैसा
आरोहणमा जाने टिमलाई दिनका लागि त्यससमयमा चादीँको पैसाको चलन थियो । त्यसलाई ठफ्फु भनिन्थ्यो । २५ जना भरियालाई चादीँको पैसा भोकाएको थियो । त्यसको सुरक्षाको लागि नेपाल सरकारले ५ जना शुरक्षाकर्मी खटाएका थिए ।

आधार शिविर घासे मैदान
जव हामी पहिलो पटक आरोहणका लागि आधार शिविर पुग्यौँ त्यस समयमा चौरी गाइहरु चर्ने खर्क थियो । हरियो घासले आधार शिविर घेरिएको थियो । चोरीहरु आधार शिविरमा रमाउने गर्थे । अहिले जलवायु परिर्वतन र प्रदुषणले गर्दा सवै ग्यासियरमा परिर्वतन भइरहेको छ । यो राम्रो संकेत हैन कान्छा शेर्पा भन्छ ।

आधार शिविर र क्याम्पहरुको निर्धारण
त्यस समयमा अहिले जस्तो राम्रो स्रोत साधन थिएन । उचाइ कति छ कहाँ क्याम्प राख्ने भन्ने केही उपकरण नभएकोले गर्दा अन्दाजको भरमा क्याम्पहरु निमार्ण गरिन्थ्यौँ । जहाँ सजिलो र फराकिलो ठाउँ छ त्यहा नै क्याम्प निमार्ण गर्ने गरिन्थ्यौ । कति उचाइमा के छ भन्ने थाहै नभइ क्याम्प एक २, ३ निमार्ण गर्ने गर्थे ।

बाटो बनाउन नाम्चेबाट १० वटा सल्लाको रुख काटेर लिएर गएको थियो ।

आधार शिविरबाट अन्य क्याम्पहरु निमार्ण गर्न १० जना शेर्पा नाम्चे आएर १० वटा सल्लाको रुख काटेर लगेको थियो । त्यस समयमा स्रोत साधन नभएकाले गर्दा बाटो निमार्णका लागि नाम्चेबाट सल्लाको रुख लाने गथ्यौँ । यसरी नै स्थानीय स्रोत साधनको प्रयोग गरि बाटो निमार्ण गर्ने गथ्यौँ । त्यस समयमा हाइ लाग्दा के हुन्छ ? के खानु पर्छ भन्ने ज्ञान थिएन ।

तेन्जिङ र हिल्लरीले सगरमाथा चुचुरोमा पाइला टेक्दा हामी क्याम्प २ मा पर्खेर बसेका थियौँ ।

१ बजे समिटमा पुग्यौ हामी भनेर तेन्जिङले ओकेटोकेमा कल गरेको थियो । खुसीको सिमा रहेन । सवैलाई जानकारी दिए । हिल्लरी र तेन्जिङ चोमालोङमा सगरमाथाको चुचुरोमा पुग्न सफल भयो भनी । क्याम २ मा भएका हामी सवै जना खुसी भएर उनीहरु आउने प्रतिक्षा गरेर बसेका थियौँ । ३ बजे पुगेको थियो ३ घण्टासम्म क्याम्प २ बसेर उनीहरु आधार शिविर तर्फ लाग्यौ । हामी क्याम्प

२ मा रहेको सामानहरु तल जार्दै विस्तारै फकेका थियौँ
मलाइ बुवा आमाले जन्म दिनुभयो तर आखा तेन्जिङे देखायो । बुवाआमाले जस्तै माया गर्नु भयो । संसारमा चिनाउनु भयो । आज पनि म तेन्जिङ जिवित नै छ जस्तो लाग्छ ।

स्रोत: हिमाली सन्देश


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*