भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

विराटनगरका ४३ वर्षे राजीवले जिते ‘को बन्छ करोडपति’मा १ करोड

को हुन राजीव ?

47107
  • शिखरपोष्ट डेक्स

Rajib karodpatiकाठमाडौं, २९ बैशाख २०७६ । मोरङ विराटनगरका ४३ वर्षे राजीव जैनले ‘को बन्छ करोडपति’ कार्यक्रममा १ करोड रुपैयाँ जितेका छन् । शनिबार र आईतवार प्रसारण भएको कार्यक्रममा जैनले १५ औं प्रश्नको रुपमा भन्ने प्रश्नको सही उत्तर दिँदै १ करोड रुपैयाँ जितेका हुन् ।

महानायक राजेश हमालले सञ्चालन गर्ने उक्त कार्यक्रममा १ करोड रुपैया जित्ने उनी पहिलो व्यक्ति हुन् । नेपालमा सञ्चालित पहिलो संकरणमा यस अगाडि ६ लाख ४० हजार मात्रै जित्न सफल भएका थिए ।

दिल्ली विश्वविद्यालबाट फ्याकल्टी अफ म्यानेजमेन्टमा सन् २००३ एमबीए सकाएर उनी अहिले काठमाडौंमा व्यापार गर्छन् । परिवारसँग विगत १० वर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका छन् ।

क्रिकेट, फुटवल र क्विजमा रुची राख्ने उनी एसएलसीमा मोरङ जिल्ला टपरसमेत हुन् । नेपालमा आईए र बीबीएस पूरा गरेका उनी त्यसपछि दिल्ली गएका थिए ।

विराटनगरको अरनिको स्कुलबाट अध्ययन सुरु गरेका राजीवले जितेको १ करोड रुपैयाँ सामाजिक काम तथा स्वदेश तथा विदेशको भ्रमणमा खर्च गर्ने योजना बनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*