भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

नेपाल र चीनबीचको मुख्य तातोपानी नाका जेठ १७ गतेबाट खुल्दै

47179

Fuel-tanker-in-Kyirongकाठमाडौं । सिन्धुपाल्चोकस्थित नेपाल र चीनबीचको मुख्य तातोपानी नाका १७ जेठबाट सञ्चालनमा आउने भएको छ। तातोपानीको लिपिङस्थित मितेरी पुलको उद्घाटनसँगै नाका सञ्चालनको तयारी भएको हो।

१२ वैशाख ०७२ को भूकम्प र भोटेकोसीमा आएको वाढीले क्षतिग्रस्त भएको मितेरी पुल पुनर्निर्माणको काम अन्तिम रचणमा पुगेको छ। चिनियाँ कम्पनीले पुल निर्माणको काम गरिरहेको छ।

पुल निर्माणमा दैनिक करिब पाँच सय मजदुर खटिँदै आएका छन्। चीनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले १० जेठमा निर्माण सकेर चिनियाँ सरकारलाई पुल हस्तान्तरण गर्ने तयारी गरेको छ।
चार वर्षदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएपछि अहिले त्यस क्षेत्रमा व्यापारिक चहलपहल पनि बढ्न थालेको छ।

चिनियाँ सामान ढुवानीका लागि नेपाली कन्टेनर भ्यान चिनियाँ स्वशासित क्षेत्र तिब्बतको नेलामसम्म जाने र चिनियाँ भ्यान पनि लार्चाको सुक्खा बन्दरगाहसम्म आउने सहमती भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*