व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

गोक्यो हिमतालमा बेपत्ता एक जनाको शव भेटियो

47182
  • बिक्रम श्रेष्ठ

20190516062340-60355265_2208193195937372_7118874483137445888_nगोक्यो सोलुखुम्बु – सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये सुनिल बराईलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो ।

बराईली साथीको उद्धार गर्न जाने क्रममा जीउमा लगाएको कपडा सहित डुबेका थिए । सोही आधारमा उनको पहिचान गरिएको हो । बेपत्ता मध्ये अब पेम्बा दोर्जी शेर्पाको शब मात्र भेट्न बाँकी छ ।

खोजकर्ताले परिचालन गरेको रोबर्टले करिब ३५ फिट गहिराईमा शब पहिचान गरेर बाहिर निकालेको हो । हिजोदेखि नै खोजी सुरु गरेको टोलीले आज बिहान मात्र शब पहिचान गरी बाहिर निकाल्न सफल भएको हो ।
अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शबको खोजी गरेको थियो ।
निरन्तरको प्रयासपछि डुबेकै ठाउँको आसपासमा शब भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । गत असोज ताका खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शब खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेको थियो ।

एभरेष्ट ब्रोडकास्टिङ एवं योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पाले विदेशी टोली र सशस्त्र प्रहरी बलको गोताखोर टोली बीच संयोजनको काम गराई दिनुभएको हो ।

शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गत साउनमा बेपत्ता भएका थिए । बेपत्ता मध्ये पेम्बा नुरु शेर्पाको शव त्यत्ति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराई रहेका थिए ।

News Source By Yohokhabar

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*