भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

एनएमबीमा ओम विकास बैंक गाभियो

47196

NMB-OM-agreementकाठमाडौं- ओम विकास बैंक एनएमबी बैंकमा गाभिएको छ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको मान्यता प्राप्त ओम क वर्गकाे मान्यता प्राप्त एनएमबीमा गाभिएको हो ।

दुई बैंकबीच बिहीबार मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनएमबीकाे तर्फबाट सञ्चालक प्रदीपराज पाण्डे र ओमकाे तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम एनएमबी बैंक नै यथावत राखिएको छ ।

सम्झौतासँगै ओमका देशभरमा सञ्चालित ५३ शाखा र एउटा एक्सटेन्सन काउन्टर एनएमबी बैंकमा गाभिएका छन् । मर्जरपछि देशभरमा बैंक शाखाको संख्या १ सय ६३ र एक्सटेन्सन काउन्टर काउन्टरको संख्या ५ पुगेकाे छ । एटिएम सेवाको संख्या पनि बढेर १ सय २० पुगेकाे छ ।

अहिले एनएमबीका १ सय १ र ओमका १९ स्थानमा एटिएम सेवा सञ्चालित छन् । मर्जरपछि कुल पुँजी तथा जगेडा बढेर कोष २० अर्ब ४२ करोड रुपैयाँ पुग्ने भएकाे छ । निक्षेप र कर्जा पनि क्रमशः १ खर्ब १९ अर्ब १ खर्ब १३ अर्ब पुग्ने बैंकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*