भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

पर्यटक संख्यामा उल्लेख्य बृद्धि, सन् २०२० को लक्ष्य भेटिएला ?

47199

visit-nepal-year-2020-ntb-trade-site_bannerकाठमाडौं । पछिल्लो पटक नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा बृद्धि भएको छ । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०१९ को अप्रिल महिनासम्म नेपाल भित्रने पर्यटकको संख्यामा १५ दशमलब ३ प्रतिशतले बृद्धि भएको छ ।

अप्रिल महिनासम्ममा जम्मा ४ लाख ४५ हजार १०९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । जसमध्ये हवाइमार्गबाट नेपाल आउने पर्यटकको संख्या ३ लाख ६२ हजार ८४० रहेको छ भने ८२ हजार २६९ पर्यटक जमिनको बाटो हुँदै नेपाल आएका छन् ।

गत वर्षको सोही अवधिको तुलनामा युरोपिन पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । पहिलो चार महिनामा २.७३ प्रंतिशतले बढेर ८५ हजार २७ पुगेको छ । त्यस्तै युके र जर्मनीबाट आउने पर्यटकको संख्या ३.८२ प्रतिशत तथा १९.०१ प्रतिशतले बढेको छ । तर स्पेनिस र फ्रेञ्च पर्यटकको संख्या भने ८.२१ प्रतिशत र २.६ प्रतिशतले कमी आएको छ ।

नेपाल भित्रने अमेरिकी पर्यटकको संख्या १०.८ प्रतिशतले बढेर ३२ हजार ७४० पुगेको छ । भने अष्ट्रेलियाबाट आउने पर्यटकको संख्या ३.३ प्रतिशतले बढेर १३ हजार १० पुगेको छ । त्यस्तै, अप्रिल महिनामा मात्रै गत वर्षको तुलनामा ५.६ प्रतिशतले पर्यटक बढेर १ लाख ४ हजार १९८ पुगेको छ ।

सबैभन्दा बढी श्रीलंकन पर्यटकको संख्यामा वृद्धि भएको छ । गत वर्ष ४ महिनाको अवधिको तुलनामा ५५.१७ प्रतिशतले बढेका छन भने भारतीय पर्यटकको संख्या १९.१ प्रतिशतले बढेको छ ।
तर बंगलादेशबाट आउने पर्यटकको संख्या भने ३३.५ प्रतिशतले कमी आएको छ । तर सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या १९.२२ प्रतिशतले बढेको अध्यागमनको तथ्यांकमा उल्लेख छ । गत वर्ष सार्क मुलुकबाट नेपाल आउनेको संख्या ९७ हजार १६८ थियो ।

त्यस्तै, गत वर्षको पहिलो चार महिनाको तुलनामा २०.६४ प्रतिशतले बढेर ६४ हजार ५७८ पुगेको छ । त्यस्तै, थाइल्याण्ड, दक्षिण कोरिया र जापानबाट आउने पर्यटकको संख्यामा क्रमशः ४३.१ प्रतिशत, ७.१८ प्रतिशत र १७.२२ प्रतिशतले बढेको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानप्रति विभिन्न टिक्काटिप्पनी भइरहेको बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । त्यसोत, अभियानको लक्षित योजना पूरा होला कि नहोला भन्ने विषय भने कुर्नैपर्ने हुन्छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*