समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

प्रचण्डद्वारा खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना

47202

IMG_0106नुवाकोट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना गरेका छन् । शनिबार नुवाकोटको ककनीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति कृषि मेलालाई सम्बोधन गर्दै प्रचण्डले हरेक क्षेत्रको समस्या समाधान गरेर जनतालाई राहत दिइने कुरा ठोस रुपमा सरकारको नीति तथा कार्यक्रममा त्यो कुरा प्रष्टसँग आएको दाबी गरे ।

नेपाललाई विकास र समृद्धिको नयाँ यात्रामा लैजानका लागि विगतका कतिपय ऐन कानुनमा परिमार्जन जरुरी रहेको उनले बताए।

‘हाम्रो ठेक्का प्रणाली जसरी चलिरहेको छ। त्यसको समीक्षा गर्ने र त्यसमा भएका कमजोरी सच्याउनु आवश्यक छ। हामीले ठेकेदारलाई धारेहात लगाएर मात्रै पनि छुट पाइँदैन। सरकार र राज्यले मुख्य भूमिका खेल्नुपर्छ। ठेकेदारले गल्ती गरेका छन् भने कारबाही गर्ने जिम्मा राज्यको नै हो। कारबाहीको लागि सरकार अगाडि आउन सक्नुपर्छ। त्यसका लागि हामीले नीति तथा कार्यक्रममा विषय उठाएका छौं। अब ऐनकानुनमा त्यसै अनुसार संशोधन गर्दै ठेक्का प्रणालीलाई अहिलेको आवश्यकता अनुसार नयाँ ढंगले लैजाने छौं’, उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*