व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

मलेसियामा कलाकारहरु अझै बेपत्ता: एसो भन्छन् राजेश पायल

47386

com.jaljale.app.rajeshpayalrai2इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको विषय थप रहस्यमय बन्दैँ गएको गायक राजेश पायल राईले बताएका छन ।

गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे समाचार बाहिरिएको छ। पक्राउ परेका आयोजक र कलाकारलाई पुत्राजायामा रहेको अध्यागमनमा लगिएको छ ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन । पक्राउ कलाकारहरुको विषयमा आज फेसबुक लाइभमा कुराकानी गदैँ चर्चित गायक राजेश पायल राईले उनीहरुको अवस्था अझै अज्ञात भएको जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*