नेकपाले टुंग्यायो जिल्ला र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तथा   •   बाढीपहिरो अपडेट: मृत्यु हुने ६० पुगे, २६ बेपत्ता र ३८ घाइते   •   वडा अध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोकियो   •   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समयावधि थप   •   प्रदेश १ को निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार   •   विपदमा उद्धार र राहतसम्बन्धी सरकारले गर्‍यो यस्तो निर्णय

थुलुङ दुधकोशी गाउँपालिकाले पौन ३९ करोड बराबरको बजेट ल्याउँदै

अगामी आर्थिक वर्षका लागि कुल बजेट र वडागत सिमा निर्धारण

47515
  • शिखरपोष्ट रिपोर्टर

thulungसोलुखुम्बु, ६ असार २०७६ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै पौने ३९ करोड रुपैयाँको बजेट ल्याउने भएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ बमोजिम गाउँपालिकाका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न स्रोत अुनुमान तथा सिमा निर्धारण समितिको बैठकले ३८ करोड ६३ लाख ७७ हजार बराबरको बजेट ल्याउने निर्णय लिएको हो ।

बैठकले कुल बजेटसँगै वडागत सीमा निर्धारणसमेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवि राईले शिखरपोष्टलाई जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत राईकाअनुसार वडागत सीमा निर्धारण गर्दा भूगोल, जनसंख्या, चालु आर्थिक वर्षको राजश्व परिचालन तथा योजना कार्यान्वयन सक्षमतालाई मुख्य आधार मानिएको पनि उहाँले बताउनुभयो ।

64652319_2996218827074345_7158455952549609472_nगाउँपालिकाले आगामी आर्थिक वर्षमा ८ करोड ३ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गर्ने प्रक्षेपण गरेको छ । त्यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ३० करोड ६० लाख १२ हजार रुपैयाँ गाउँपालिकालाई प्राप्त हुने अनुमान गरिएको छ । त्यसमध्ये संघीय सरकारमार्फत प्रात वित्तीय समानिकरण १२ करोड ६० लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १७ करोड ३० लाख र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण ७० लाख १२ हजार रुपैयाँ तथा अन्य विविध शिर्षकमार्फत स्रोत जुट्नेछ ।

प्रत्येक वडालाई यसरी बजेट विनियोजन गरिएको छः64575605_388405588691639_1210453218601992192_n-1

 


Subscribe to Comments RSS Feed in this post

One Response

  1. Given Data shows that the Lokhim village is the largest By population and by area among other ward no of Thulung Dudhkoshi Rural Municipality. Is that correct? What is the meaning of “10″ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*