समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

एक लाख बराबरको ‘शिवपुरी मिडिया अपाङ्गता सहायता कोष’ घोषणा

47522

sssssssssssssssssssssssssssकाठमाडौँ – शिवपुरी मिडिया नेटवर्कले शारीरिकरूपमा असक्त व्यक्तिहरुको सहयोगार्थ ‘शिवपुरी मिडिया अपाङ्गता सहायता कोष’ को घोषणा गरेको छ ।

नेटवर्कको तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं वार्षिकोत्सवको अवसरमा शनिबार नेपाल पुलिस क्लवमा आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष रविन प्रसाद थपलियाले रु. एक लाखको सहायता कोष घोषणा गर्नुभएको  हो ।

अवसरमा आज यहाँ आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष रविनप्रसाद थपलियाले रु एक लाखको सहायता कोष घोषणा गर्नुभएको हो ।

उक्त कोषलाई आगामी वर्ष वृद्धि गर्दै लगिने र कोषको ब्याजबाट शारीरिक रुपमा अशक्त व्यक्तिलाई ‘ह्वील चेयर’, ‘वैशाखी’लगायतका सामग्री प्रदान गरिने अध्यक्ष थपलियाले बताउनुभयो ।

ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणले वितरण गर्दै पत्रकारिताको माध्यमबाट समाजिक चेतना अभिवृद्धिका साथै धर्म र संस्कृतिको संरक्षण प्रवद्र्धनमा समेत खबरदारी गर्न आग्रह गर्नुभयो । उहाँले कुनै समय नेपालभन्दा कमजोर रहेका चीन, मलेशिया, सिङ्गापुरलगायतका मुलुकको विकास र प्रगतिलाई आत्मसात् गर्दै सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन सबै क्षेत्रको सक्रियता चाहिने औँल्याउनुभयो ।

कार्यक्रम नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सो अवसरमा पत्रकारिताको क्षेत्रमा योगदान गर्ने पत्रकार गजेन्द्र बुढाथोकी, विकास थपलिया, बलराम खड्का, मुकुन्द कालिकोटेलगायतलाई शिवपुरी मिडिया सम्मान प्रदान गरियो । यसैबीच, शिवपुरी मिडिया नेटवर्कको स्मारिका विमोचन गरिएको थियो ।

कार्यक्रममा परम्परागत संस्कृति खैँजडी भजन तथा विभिन्न गीतसङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*