समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

47526

20190623_001748उदयपुर । उदयपुरमा सम्पन्न छैटौं संस्करणको उदयपुर रमपम गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि शस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । शनिबार थरुहट रंगशालामा भएको खेलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई दोह्रो हाफको ७३ औं मिनेटमा एपिएफका जर्सी नं. १४ का श्याम नेपालीले गोल गर्दै उपाधि उचाल्न सफल भयो ।

शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो ।
उपाधिसँगै एपिएफले पाँच लाख रुपैयाँ र ट्रफी हात पारेको छ भने उपविजेता रुपन्देहीले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलको म्यान अफ दि म्याच एपिएफका श्याम नेपाली घोषित भए ।

आठ टिमको सहभागी प्रतियोगिताको प्लेयर अफ टुर्नामेन्टका उपाधि एपिएफका राजेन्द्र रावलले प्राप्त गरे । उनले ५० हजार र ट्रफी हात पारे । सर्वोत्कृष्ठ गोल कर्ता रुपन्देहीका विदेशी खेलाडी फोफोना घोषित भए । उनले सर्वाधिक ३ गोल गर्दै २० हजार हात पारे ।

यस्तै उत्कृष्ट गोल किपर एपिएफका अमृत चौधरी, उदयमान खेलाडीमा उदयपुर ११ का सुदिप श्रेष्ठ घोषित भए । उनले १५ हजार हात पारे । उत्कृष्ठ फवार्ड एपिएफका नविन लामा, उत्कृष्ठ मिडफिल्डर रुपन्देहीका नितिन थापा, वेष्ट फिफेन्स रुपन्देहीका विदेशी खेलाडी पेपे, वेष्ट कोच एपिएफका सुदिप श्रेष्ठ घोषित भए । उनीहरुले जनही जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजयी टिम तथा खेलाडीहरुलाई १ नं. प्रदेशका मुख्य मन्त्री शेरधन राई र उपविजेतालाई पूर्व शहरी विकास मन्त्री मन्जु कुमारी चौधरी र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले संयुक्त रुपमा वितरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*